हाम्रा पार्टीलाई कसले फुटाएको ?

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

देश, देशजस्तो छैन । यसो हुनुमा चौतर्फी बेमेललाई लिन सकिन्छ । घरघरमा फुट भएजस्तो अहिले पार्टीभित्र भावनात्मक एकता छैन । सिद्धान्त भए पनि सिद्धान्त अनुसार चल्ने नेता कार्यकर्ता कोही छैनन् । यसो हुनुको दोष कसलाई जान्छ ? किन यो संक्रमणकालीन अवस्थामा यस्तो किन भइरहेको छ । हाम्रो आन्दोलनले २०६५ जेठ १५ गते २३८ वर्षको शाही राजतन्त्र अन्त्य भयो । जनताको अधिकारको ग्यारेन्टीसँगै नेपाली जनतामा आन्दोलनले क्षेत्रीय अधिकारका लागि विकेन्द्रीत भएको अवस्था सिर्जना भएको थियो । ०६२÷०६३ को दोस्रो आन्दोलन र ०६४ सालको मधेश आन्दोलनले ती विभिन्न क्षेत्रीय आन्दोलनको शुरूवात गरेको पाइन्छ । तर पनि आन्दोलनको माग भावना विचारको संस्थागत हुन नसकेको पक्का हो । भनिन्छ बृहत् परिवर्तनका लागि एक–एक तत्वको परिवर्तन हुन आवश्यक हुन्छ र त्यही भनाईको दिशामा ०६२।०६३ मा मुलुकभरका जनता परिवर्तनका निम्ति त्यत्रो आन्दोलन भयो र त्यसै आन्दोलनको दौरान देशको कांग्रेस, कम्युनिष्ट र राजावादी दलका साथसाथै स्वतन्त्र रूपमा आफ्नो क्रियाकलाप गरिआएका मधेशका अगुवा, बुद्धिजीवीहरू जोडतोडमा जनता सडकमा ओर्लिएका छन् ।
वर्षौदेखि शोषित भएकै कारणले विभिन्न क्षेत्र, लिंग जातिका जनता आफ्नो अधिकारका लागि व्यापक दबाब दिनका निम्ति प्रदर्शन गरे तत्पश्चात् अधिकारका लागि एकजुट भएको पक्कै हो । तर त्यो उत्साह निराशामा परिणत भएको छ । मधेश आन्दोलनको इतिहास हेर्ने हो भने मधेशको सबैभन्दा पुरानो पार्टी नेपाल सद्भावना पार्टीले समेत त्यस आन्दोलनमा व्यापक साथ दिएको तथ्य कसैसँग लुकेको छैन । यसरी ०६२÷०६३ को मधेश आन्दोलन पश्चात् मधेशका नेताहरूको आन्दोलनताको एकरूपता पछिबाट हराउँदै गएको अवस्थामा मधेशमा वर्तमान परिस्थितिमा पार्टीहरूको लछार पछार भएको छ, मधेशका जनता सक्षम नेतृत्वविहीन भएका छन् । त्यसैले अहिले मधेशी दल अनेकौ्रं टुक्रामा छन् । मधेशी जनअधिकार फोरम नेपालबाट शुरू भएको मधेशको प्रभावकारी राजनीतिक दल फुटि–फुटि दर्जन भन्दा बढी भएको छ, नेतृत्व क्षमताहीन व्यतिm नेतृत्व पंक्तिमा पुगेका छन् जसले मधेशको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकि मधेशका जनताको विश्वास गुमाई राखेको अवस्था छ । समग्रमा भन्नुपर्दा मधेश अहिले उचित नेतृत्वविहीन अवस्थामा छ । नेतृत्वता बहन नभएकै कारण मधेशी दलहरू फुटने क्रम जारी छ र केन्द्रमा मधेशको मुद्दा कमजोर भइरहेको यथार्थलाई नकार्न नसकिने अवस्था छ । यसको मुख्य कारण सत्ता पैसा नै हो ।
नेपालमा अहिले सबै दलमा आन्तरिक द्वन्द्व चरम विन्दुमा छ । यो द्वन्द्व कसले गरायो ? किन भयो र यो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रश्न सबैमा छाएको छ । अब दलहरु यसरी फुट्ने होइन दलहरुमा धु्रवीकरण हुन जरुरी छ । भारत र चीनको बीचमा हिरो नेपाललाई कसरी विकास गर्ने, नेपाललाई कसरी समृद्धशाली मुलुक बनाउनुपर्ने एउटै चिन्तन, विचार उद्देश्य, लक्ष्य हाम्रा नेतामा हुनुपर्ने बेलामा किन यसरी विभक्त हुनु परेको होला ? यो बेमेल साँच्चिकैको हो कि कसैले गराएको हो त्यो इतिहासले पुष्टि गर्ला ?

0

'

Comments

  1. bhattarairajanibala says:

    vasagt truti sachyaun lekheko kura dihoryaer padhna aawasyak 6. type ma sudda suddiko pni khyal garna aawasyak 6 jasto lago. maile t pahile padhne vanekai editarial nai ho. yasbat singo magagineko jhalak dekhin6 re

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: