स्वामीजीको प्रवचनले शरीर रोमाञ्चित हुन्छ

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

-सञ्जय थापा

असार २ र ३ गते पोखरामा हुने युथ मेडिटेसन क्याम्पमा सहभागी हुन म आतुर थिएँ । सो क्याम्प स्वामी हरिदास महाराजको सानिध्यमा पोखराको रामबजारस्थित श्यामा श्याम धाममा हुने बुबा र आमाबाट थाहा पाए । स्वामीज्यूको प्रवचन टिभीमा हेर्ने गर्थेँ र उहाँको प्रवचन सुन्दा रमाइलो लाग्थ्यो, शरीर रोमाञ्चित हुन्थ्यो । उहाँको प्रवचनले बच्चादेखि बृद्धसम्म प्रभाव पार्छ र एक किसिमले समन्वयात्मक खालको हुन्छ । उहाँले वैदिक ज्ञानका साथै बाइबल, कुरान र पाश्चात्य दर्शनमा रहेका कुराहरु आफ्नो प्रवचनमा समेट्नु हुन्छ । उहाँको त्यस्ता खालका प्रवचन सुन्दा एक प्रकारको आत्मबलका साथै आध्यात्मिक ज्ञान प्राप्त भएको महसुस हुन्छ ।

पोखरा जाने क्रममा भाइसँग बनेपाको श्यामाश्याम धाम शाखामा असार १ गते विहान ९ः०० बजेतिर पुग्यौं । त्यहाँ अरु साथीहरुको पनि उपस्थिति थियो । पोखरा जानको लागि तीस जनाको समूह तम्तयार थियो । उद्धवजीले हामीहरुको नेतृत्व गर्नुभएको थियो । हामीहरु सवा दश बजेतिर श्यामा श्याम धाम, ठिमी पुगी त्यहाँ रहेको भक्ति मन्दिर दर्शन गरी पोखरा जान तयार भयौं । त्यस धाममा काठमाडौंका साथीहरु पनि भेला भएका थिए । त्यहाँबाट हामी ठीक ११ः०० बजे पोखराका लागि लाग्यौं । बाटोमा भजन तथा सङकीर्तन गर्दै हामी सवा दुई बजेतिर मलेखु पुग्यौं । त्यहाँ हामीहरुले नास्ता ग¥यौं र अगाडि बढ्यौं । बसमा सबै साथीहरु रमाइलो गर्दै जाँदा पोखरा पुगेको थाहै भएन । सवा ६ः०० बजेतिर रामबजारस्थित श्यामा श्याम धाममा पुग्यौं । त्यहाँ नेपालका विभिन्न स्थानबाट करिब दुई सय पचास युवा साथीहरुको उपस्थिति थियो । विर्तामोड, उदयपुर, नेपालगञ्ज, तनहुँ, चितवन, तेह«थुमका साथै अरु ठाउँहरुबाट पनि उल्लेखीय सहभागीता थियो । त्यहाँ हामीलाई श्यामाश्याम धाम नेपालका अध्यक्ष संगीता दिदीका साथै पोखरेली साथीहरुले न्यानो स्वागत गरेका थिए ।

हामीलाई सात बजेसम्म फ्रेस हुने समय दिइएको थियो । हामी सबै तयार भई धामको साधना हलमा बस्यौं । संगीता दिदीले कार्यक्रमको जानकारी गराउनुका साथै नियमहरुबारे बताउनु भयो । आरती पछि रातीको खानाका लागि भान्छा घरमा लगियो । केटी साथीहरुलाई साधना हलमै सुत्ने व्यवस्था थियो भने केटाहरुलाई रामबजारस्थित हार्वड स्कूलको होस्टेलमा सुत्ने व्यवस्था मिलाइएको थियो । बनेपाबाट गएका आठ जना र धामका नीरज दाई र वेदजीसहित एउटा कोठामा सुत्यौं भने अरु साथीहरु व्यवस्था गरिएका अन्य कोठामा सुत्न गएका थिए ।

भोलिपल्ट असार २ गते विहान ५ बजे साधना हलमा आरती गर्न पुग्यौं । ५ः३० सम्म आरती चलेपछि हामीहरुलाई योग गर्न हार्वड स्कूलको ग्राउन्डमा लगियो । योग सिकाउनेमा बनेपाको प्रेमशोभा रञ्जित दिदी र धामकै एक दिदी हुनुहुन्थ्यो । योग ६ः३० बजेसम्म चल्यो र हामीहरुलाई नास्ताको लागि धाममा लगियो । नास्तापछि स्वामीज्यूको भारतको मसुरी यात्रा र प्रवचनको भिडियो प्रोजेक्टरबाट देखाइयो ।

भिडियो हेरेपछि १० मिनेट जति मौन साधनामा बस्यौं र त्यस पश्चात भजन, सङ्कीर्तन १०ः३० बजे सम्म चल्यो । त्यसपछि खानाको लागि लगियो खाना पछि १२ः०० बजे सम्म आराम ग¥यौं । त्यसपछि फेरि मौन साधनामा राखियो । स्वामीज्यू ३ः०० बजेतिर काठमाडौंबाट पोखरा धाममा आइपुग्नु भयो र उहाँको स्वागत गरियो । स्वामीज्यूको प्रवचन पछि पूmलबारी रिसोर्टमा आईसक्रिम खुवाउने कार्यक्रम तय भएको थियो । त्यहाँको माहोल एक किसिमको रमाइलो र उत्साहपूर्ण थियो । हिँड्ने बेलामा पानी परेको थियो । गर्मीको समयमा केही दिनदेखिको सुख्खापनलाई चिर्दै चिसो पानी परेकोले वातावरण नै भिन्न खालको उमङ्गले भरिएको थियो । हामीले स्वामीजीसँग त्यहाँको अवस्था बारेमा कुरा गर्न पायौं । त्यहाँबाट हामीहरु ५ः३० बजेतिर पोखरा धाममा फर्कियौं । हामीलाई साँस्कृतिक कार्यक्रमको लागि साधना हलमा व्यवस्था गरियो र विभिन्न ठाउँका साथीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । बनेपाबाट पनि देवीलाल क्षेत्री सरले “दर्शन नमस्ते” भन्ने बोलको गीत गाउनुभयो ।

असार ३ गते बिहानको नित्य कार्यक्रम पश्चात ७ः०० बजेतिर फेवाताल पुग्यौं । त्यहाँ प्रत्येक सहभागीलाई बेलुन दिइएको थियो । ती सब बेलुनहरुमा “आई लभ गड” भनि लेखिएको थियो । स्वामीजी चढ्नु भएको डुङ्गालाई गोल गरी घेरिएको थियो । हामीहरु सबैले सङ्कीर्तन गर्दै तालबाराही मन्दिर वरिपरि फन्को मारी सबै बेलुन एकैसाथ स्वामी ज्यूको निर्देशन अनुसार उडाइयो । त्यति बेलाको दृश्य मन लोभ्याउने खालको थियो र मन अत्यन्तै रोमाञ्चित भइरहेको थियो । त्यसपछि ९ः०० बजेतिर हामीहरु लेखनाथ नगरपालिकास्थित श्यामा श्याम धाममा पुग्यौं । त्यहाँ हामीहरुलाई खानाको व्यवस्था मिलाइएको थियो । त्यहाँ दिउँसो घैटो फुटाउने खेल खेल्ने प्रबन्ध मिलाइएको रहेछ । त्यसखेलमा म पनि सहभागी भएँ । सबभन्दा अन्तिम सहभागी मित्रले मात्र घैटो फुटाउन सफल भए । खेलपछि पोखरा फर्कियौं । त्यहाँ स्वामीजीबाट आफ्नो अध्ययनसँगै वैदिक ज्ञान अगाडि लान सकियो भने लाभदायक हुने बताउनुभयो । तत्पश्चात स्वामीजीले प्रत्येकलाई भेट्ने कार्यक्रम थियो । त्यो कार्यक्रम करीब ३ घण्टा चल्यो ।

भ्रमणको अन्तिम दिन अरु दिन जस्तै उठ्यौ र आरती गरी, युगल सत्कार (खिचडी) खायौं । १० बजे पोखराबाट बनेपा फर्किने व्यवस्था भयो । बाटोमा भजन कीर्तन एवम् अन्ताक्षरीले खुबै रमाइलो भएको थियो । साँझ ७ः३० मा बनेपा पुग्यौं र सबै आफ्ना आफ्ना घरतिर लाग्यौं ।

यो दुई दिनको क्याम्पमा धेरै लाभ भएको साथीहरुको विचार छ । अरु हामी जस्तै युवा साथीहरु जो आध्यात्मिक ज्ञानबाट टाढा छन्, त्यस्ता साथीहरुलाई एक पटक धार्मिक क्षेत्रमा पनि ध्यान दियौँ र त्यसबाट लाभ प्राप्तिको महसुस आफैँ गरौं भन्न चाहन्छु । स्वामीज्यूबाट अरु ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने उद्घोष गर्नुभएकोमा त्यस्ता क्याम्पमा युवा साथीहरु सहभागी होऔैं र वैदिक ज्ञानमा दख्खल राखौं । आजको यो लाभ, ईष्र्या, स्वार्थ र मपाईत्वको राज भएको समयमा आध्यात्मिक चिन्तन र ज्ञानले मनलाई आनन्दित तुल्याइ संयमित रहन यस्ता क्याम्पले मद्दत पु¥याउँदछ भन्ने मलाई लागेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: