स्वयंसेविकाहरुको तीज कार्यक्रम

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

बनेपा नरपालिकाभित्र कार्यरत महिला स्वयंसेविकाहरुले भाद्र १४ गते नपा हलमा तीज विशेष कार्यक्रमको आयोजना गरे । सन्देशमूलक गीत तथा नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा महिला स्वयंसेविकाहरुको सह्रानीय भूमिकाबारे प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन सापकोटा, बनेपा नपाका प्रशासकीय अधिकृत यज्ञप्रसाद वैद्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वयंसेविका समूहकी अध्यक्ष लक्ष्मी बादेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी कायस्थले राख्नुभएको थियो । कार्यक्रममा महिलाहरुको उत्थानका लागि हरेक क्षेत्रमा महिला सहभागितामा जोड दिइएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: