स्ट्यान्डर्ड माछापुच्छेमा गाभियो

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

क वर्गको वाणिज्य बैंक माछापुच्छ«ृे बैंक र ग वर्गको स्ट्याण्डर्ड फाइनान्स हिजो सोमबारबाट एक आपसमा मर्ज भएका छन् । बैशाख १८ गते विशेष साधारण सभाले मर्ज प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकमा स्वीकृतिका लागि दुवैले प्रस्ताव गरेका थिए । मर्जपछि बैंकको चुक्ता पूँजी २ अर्ब ४७ करोड ८६ लाख पुगेको छ । एकीकृत बैंकको अध्यक्षमा सूर्यबहादुर केसी, प्रमुख कार्यकारी अधिकृतमा भाइकाजी श्रेष्ठ र सहायक महाप्रबन्धकमा उमेशसिंह भण्डारी हुनुहुन्छ । हिजैदेखि तीन ठूला वित्तीय संस्था ग्लोबल बैंक, आइएमबी फाइनान्स र लर्डबुद्ध मर्ज भएर ग्लोबल आईएमबी बैंक भएका छन् ।
शान्ति जनआदर्शको १४ औं सभा
शान्ति जनआदर्श सेवा केन्द्रको १४ औं वार्षिक साधारण सभा संघीय मामिला, स्थानीय विकास मन्त्रालयका सहसचिव शिवबहादुर रायमाझीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो । संस्थाका अध्यक्ष शंखबुद्ध लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव दिनेश लामाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिका कार्यकारी निर्देशक महेश्वरप्रसाद यादव, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, गैसस महासंघ काभ्रेका अध्यक्ष कृष्णचन्द्र आचार्य आदिले मन्तव्य राख्नुभएको थियो । ईश्वरी ओझाले स्वागत र पुष्कर काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा संचारकर्मीद्वय नगेन्द्र अधिकारी र रमा दाहाललाई सम्मानित गरिएको थियो ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: