सुरेशका दिन उदाए

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

विद्यार्थी राजनीतिदेखि नै जुझारु सुरेशप्रसाद हुमागाईंले यसपल्ट काभ्रे क्षेत्र नं. ३ को अध्यक्ष पदमा जितेर बाजी मारेका छन् । नेकपा एमाले पार्टीभित्र आफूलाई टाठाबाठा भनाउँदाहरुबाट सधैं हण्डर खाएका सुरेशप्रसाद हुमागाईंको राजनीतिक यात्राको बेगमान घोडाको लगाम (अस्ती आइतबारदेखि) कसेपछि ती टाठाबाठाहरुको निद हराम् भएको छ । एमाले पार्टीको संचार मन्त्रालयको मन्त्री नै ठान्नेहरु पनि सुरेशको जीतले उनीहरुमा औडाहा छुटेको छ ।  विशेषतः नेपाल पत्रकार महासंघको दुईवटा निर्वाचनमा पराजित भएपछि सुरेश अत्यन्तै निराश भएका थिए । पछिल्ला दिनमा आफ्नै इमानमा खबर चौतारी साप्ताहिक प्रकाशन गर्दै आएका सुरेश अरु टाठाबाठा भन्दा सुबोध छन् । हक्की, इमान्दार र भविष्यमा एमालेका उदयमान नेताको क्षमता उनीसँग छ । उनलाई सर्वसम्मत दिनुपर्ने ठाउँमा केही कुँडाकर्कटको छलछामले झण्डै पत्तासाफ पार्न खोजेका थिए । एमालेभित्रका इमान्दार पंक्तिले सुरेशलाई बुझे पछि उनी बसुन्धरा हुमागाईंलाई हराउँदै क्षेत्र नं. ३ का नेता बनेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: