सीता थापाका हत्याराहरु पक्राउ

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

कुशादेवीकी २२ वर्षिय सीता थापा (भण्डारी) को हत्या सम्बन्धमा अदालत परिसरमा दोषीमाथि कडा कारवाहीको माग गर्दै महिलाहरुले धर्ना दिने क्रममा मंगलबार प्रहरीहरुले लाठीचार्ज गर्दै दुई जना महिलाहरुलाई जिविस काभ्रेको शौचालयबाट समातेको छ । घटनामा अभियुक्त रोशन थापा (सीताका श्रीमान्), जेठाजु राजेन्द्र थापा र जेठानी रमा थापालाई पुर्पक्षका लागि जिल्ला अदालत काभे्रमा बहस चलिरहेको छ । अभियुक्तहरुलाई छोड्नसक्ने सम्भावना भएकोले तीन दिनदेखि नै कुशादेवी–१३ का करीब ३०० महिलाहरुले धर्ना दिँदै आएका थिए । सीताका माइती पक्षका महिलाहरुले हत्यारालाई कडा कारवाहीको माग गर्दै नाराबाजी गर्दै जुलुस निकालेपछि प्रहरीले जिविस कार्यालय अगाडि लाठीचार्ज गरेको थियो । सो क्रममा प्रहरीले तीनसेल अश्रुग्यास प्रहार गरेको थियो भने लाठीचार्जबाट एक दर्जन भन्दा बढी महिलाहरु घाइते भएका थिए ।

प्रहरीको चरम दमन मात्र होइन, जिविस काभ्रेकी महिला सशक्तिकरण अधिकृत माया बादेलाई अभद्र व्यवहार गरेको, पत्रकारलाई फोटो खिच्न दिएको थिएन । स्मरण रहोस्, मृतक सीताको बिहे २०६६ माघ २४ गते भएको थियो । दाइजो नल्याएको भनी उनीमाथि हिंसा भइरहने गथ्र्यो । उनको रहस्यमय हत्या भएको माइती पक्षको आरोप छ । उनको साउन ३० गते शान्ति वाटिका धुलिखेलमा झुण्डिएको अवस्थामा लास भेटिएको थियो ।
– लक्ष्मी मगर

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: