सिन्धुको ७० लाख संचालन मुनाफा

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

सिन्धु विकास बैंकले आव ०६८।६९ मा ४६ करोड ५० लाख निक्षेप संकलन गरी ३६ करोड ५० लाख कर्जा प्रवाह गरेको छ । यस कारोबारबाट बैंकले ७० लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । बैंकमा हाल १५ हजारभन्दा बढी ग्राहकहरु रहेको बताइन्छ । बाह्रबिसे मुख्य कार्यालय रहेको बैंकको बनेपा, मेलम्ची तथा खाडीचौरमा शाखा कार्यालय रहेका छन् । बैंकले सर्वसाधारणका लागि छुट्याएको ४ लाख ९० हजार कित्ता शेयर यसै आवमा विक्री गर्नको लागि प्रक्रिया अघि बढाइ सकिएको थाहा भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: