सिड्राले गरयो आँखा शिविर

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बालुवा । सामुदायिक विकास तथा उद्दार नियोग (सिड्रा) नेपालले बालुवामा दुईदिने आँखा शिविर सम्पन्न गरेको छ । ज्वालादेवी सिमलचौर पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको शिविरमा १७५ जनाको आँखा परिक्षण, औषधी र चस्मा वितरण भएको थियो भने २१ जना वृद्ध वृद्धाको मोतिया विन्दुको शल्यक्रिया रेयुकाई मासुनागा आँखा अस्पतालले गर्ने भएको छ । आँखा शिविरसँगै उक्त गाउँमा सिड्राका निर्देशक अशोक श्रेष्ठले स्थानीय महिलाहरुको समस्यालाई मध्यनजर गर्दै दुई वटा इनार र लघुवित्त कार्यक्रम मार्फत आर्थिक सबलीकरणको कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयो । शिविरका लागि न्युजील्याडबाट आएका स्वयमसेवीहरुबाट प्राबिधिक सहयोग समेत प्राप्त भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: