सिडियोसा’पले अवकास पाउनुभयो

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले प्रशासनिक सेवाबाट अवकाश पाउनुभएको छ । अवकास प्राप्त बस्याललाई काभ्रे उद्योग वाणिज्य संघले शुक्रबार एक कार्यक्रम गरी विदाइ गरेको छ । काभ्रेमा करीब १६ महिनासम्म प्रशासनिक नेतृत्व सम्हाल्नुभएका बस्याल मिलनसार, सहयोगी र दक्ष छवि भएको प्रशासकको रुपमा चित्रित भएको उक्त कार्यक्रममा बताइयो । कार्यक्रममा बस्यालले प्रशासनिक सेवाबाट अवकाश पाए पनि आफू सामाजिक सेवामा सधैं क्रियाशील रहने अठोट व्यक्त गर्नुभयो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र मैनाली, सहायक प्रजिक नन्दिकेशर त्रिपाठी, स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की, बनेपा नपाका कार्यकारी अधिकृत सुरथ पोखरेल, सिड्राका अशोक श्रेष्ठ लगायतले बस्यालको योगदानको चर्चा गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: