सिङगिङ आइडलका लागि २० जना छनौट

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बनेपा । प्रथम काभ्रे सिङगिङ आइडल २०१२ को तेस्रो चरणको अडिसनबाट २० जना प्रतियोगी छनौट भएका छन् । अमरदीप कला शिक्षा केन्द्रले शनिबारसम्म गरेको छनौट प्रतियोगितामा दोस्रो चरणको अडिसनबाट छनौट भएका ५० जना प्रतियोगीमध्येबाट २० जना छनौट भएको कार्यक्रम संयोजक हिरामान बल (तामाङ) ले जानकारी दिनुभयो । पहिलो चरणको अडिसन भकुण्डे, पाँचखाल र बनेपामा लिइएको थियो । तेस्रो छनौट प्रतियोगिताको निर्णयक सेलो गायक तथा संगीकार विश्व दोङ, गायक बैरागी थेबा र रेडियो नेपालको विशिष्ट गायक मच्छेश्वर सापकोटाले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: