साउन ३१ पछि ग्याँस नपाइन सक्छ है

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

कमिसन बृद्धि लगायतको १६ बुँदे माग गर्दै उद्योगीहरुले साउन ३१ गतेदेखि खाना पकाउने एलपी ग्याँसको विक्री वितरण ठप्प पार्ने भएका छन् । एलपी ग्याँस उद्योग संघका उपाध्यक्ष शिवप्रसाद घिमिरले १६ बुँदे माग पुरा गर्न सोमबारसम्मको आफूहरुको अल्टिमेटलाई आयल निगम र सरकारले बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य भएको बताउनु भयो । संघले साउन २३ गतेदेखि पिडिओ खरिद नगर्ने, २४ गतेदेखि भारतबाट ग्याँस लोड नगर्ने, २५ गतेबाट भन्सारबाट ग्याँस नछुटाउने र ३१ गतेदेखि माग पुरा नभएसम्म विक्री वितरण ठप्प पार्ने आन्दोलन घोषणा गरेको छ ।
संघले माग पुरा गराउन सम्बन्धित निकायसँग छलफल गर्ने शिवप्रसाद घिमिरेको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली समेत गठन गरेको छ । ग्याँसमा उद्योगीहरुले उद्योगी, डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च तत्काल बृद्धि गर्नुपर्ने, उपभोक्ता र ब्यवसायीका लागि दुईथरिका सिलिण्डर प्रचलनमा ल्याउने निर्णय खारेज गर्नुपर्ने सहितका १६ बुँदे माग अघि सारेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: