सहकारीको विकास र महत्व

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

-अजय लामा
सहकारी शब्द आजको २१ औं शताब्दीको विश्व अर्थतन्त्रमा बारम्बर पुकारिने शब्द बनेको छ । यस अर्थमा कि, विश्वभर आर्थिक मन्दी र यसबाट परेको नकरात्मक असरको बेला पनि सहकारीमा आधारित अर्थतन्त्र कहिले पनि धरायसी भएन । सन् १८४४ मा रोचडेलीहरुले स्थापना गरेको सहकारी परम्परा र दर्शन आज विशाल विश्व भुगोलको कुना कुनामा रहेको छ, अझ भनौं गरीवीको रेखामुनि रहेका क्षेत्रहरुमा सहकारीको महत्व बढेको छ ।
नेपालमा भने प्रजातन्त्रको पुनस्थापनापछि मात्र सहकारी आन्दोलनको शुरुवात भएको पाईन्छ । २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकासको थालनी भएको हो । तत्कालीन नेपाल सरकारले २०१३ सालमा सहकारी गठन, दर्ता र संचालन आदेश जारी गरेको र सोही कानुनको आधारमा चितवन जिल्लाको नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई संचालन भएको पाइन्छ । त्यसपछि वि.सं. २०१६ सालमा सहकारी ऐन, २०१६ तर्जुमा भई सहकारीको स्थापना र संचालन सम्बन्धी नियम तर्जुमा भएको हो । देशको अनुकुलता र सहकारिताको मागलाई ध्यानमा राखी यस ऐनले पनि सहकारीको विकासको लागि खासै प्रभावकारी भूमिका निभाउन सकेन यद्यपि सहकारी ऐन २०१६ खारेज गरी वि.सं. २०४१ मा साझा संस्था ऐन जारी गरियो । जस अनुसार कम्तीमा १५ जना सदस्य भएको औद्योगिक साझा संस्था र कम्तीमा २५ जना सदस्य भएको अन्य साझा संस्था गठन गर्न सकिने व्यवस्था रह्यो भने ५ वटा संस्थाहरुका सदस्य भएको जिल्ला साझा संघ र कम्तीमा १५ वटा जिल्ला साझा संघहरु सदस्य भएको राष्ट्रिय साझा संघ गठन गर्न सकिने प्रावधन थियो । समय सापेक्ष पुनः साझा संस्था ऐन २०४१ लाई पनि खारेज गरी वि.सं. २०४९ साल जेठ २ गते सहकारी ऐन २०४८ जारी गरियो, जुन ऐन वर्तमान अवस्थामा सहकारी संस्थाहरु संस्थागत गर्न क्रियाशील रही आएको छ । हाल सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली २०४९ को अनुशरण गर्दै देशभर २४ हजारभन्दा बढि सहकारी संस्थाहरु स्थापना भएका छन् । मुलुकमा सहकारी माध्यमबाट ५० जनाभन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको छ, भने ५ लाखभन्दा बढिले अप्रत्यक्ष रोजगारी पाएको छ । सहकारी विभागको तथ्यांङ्क अनुसार करिब ३० लाख जनता सहकारीतामा आवद्ध रहेको छ ।
यहि सहकारी हो जसले भारत, इजराइल, डेनमार्क र नर्वे जस्ता मुलुकलाई विश्व समृद्धिको नायक बनायो । जहाँ सहकारीले अकल्पनीय सकारात्मक नतिजाहरु ल्यायो । हाम्रो सन्दर्भमा हेर्दा पनि त्यस्ता दुर दराजका ठाउँ जहाँ साहु महाजन सामन्त र निजी व्यापारीको चर्को शोषण थियो, उक्त ठाउँमा सहकारीले सर्वसाधारण जनतालाई उद्धार गरेको देखिन्छ । सहकारीको सिद्धान्तको पाटो र त्यसको व्यवहारिक पाटो सँगसँगै यसको विकसित र परिमार्जित रुपलाई हेर्दा हामी सहकारीबाट नगण्य नै प्रतिफल पाएको देख्छौं, तर यसले राख्ने अर्थ हाम्रो जस्तो समाजमा ज्यादै ठुलो र महत्वपूर्ण छ । नेपाल कृषि प्रधान देश यहाँका ६५ प्रतिशत जनता कृषिमा आधारित छ । कृषि क्षेत्रको विकास र उन्नतिका लागि समेत सहकारीताको माध्यम भरपर्दो हुने भएको छ, गाउँ शहरमा खोलेका कृषि सहकारीहरुले तिनै कृषकको आयस्तर बृद्धि गर्ने, बचत तथा कर्जा प्रदान गर्ने, आधुनिक तथा व्यवसायिक कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्ने लगायतका कृषिसँग सम्बन्धी विविध कार्यहरु गरिदै आइरहेको छ । पशुपालन गर्ने किसानहरु कृषि सहकारीमा दू जम्मा गरेर घर फर्कदा मुहारमा खुशी लिएर फर्कन्छ । उसको खुशीको भावनाले परिवारमा खुसी पैदा गर्दछ । सम्पन्न आमा बाबुका सन्तान झैं आफ्ना छोराछोरीलाई सम्पन्न विद्यालयमा पढाउन पाउँदा ति गरीब दम्पतीका आँखामा पनि हर्षका आँसु बगेका छन् ।
त्यसैले सहकारीले सदस्यको खुसीमा खुसी थप्ने कार्य गर्दछ, सदस्यहरुको समस्यलाई मध्यनजर गर्दै उनीहरुको मागलाई सम्बोधन पनि गर्ने गरिन्छ । मुलुक बाहिरकोे भारत, इजराइल, डेनमार्क, नर्वे, चीन, जापान, बेलायत, जर्मनी, श्रीलंका, फिलिपिन्स आदि देशहरुमा उत्पादनका साधनहरुको न्यायपूर्ण वितरणलाई सहज बनाउदै सामाजिक र आर्थिक रुपान्तरणको प्रमुख माध्यम बनेको सहकारी पद्दति नेपाल जस्तो गरीब र विकाशोन्मुख देशले अनुसरण गर्नु पर्दछ । तसर्थ यहाँका सबै गाउँ बस्ती सहकारीमय हुन सर्वत्र पहल कदमी हुनु जरुरी छ । त्यसका लागि स्थानिय सहकारी संस्थाहरुको पहुँच गाउँ, जिल्ला, केन्द्र, राष्ट्र र अन्तर्राष्ट्रिय सहकारी सञ्जालसम्म पुग्नु पर्दछ । सहकारी समुदायमा आधारित व्यवसाय भएकोले समुदायसँग घुलमिल भई सहकारिताको सर्वमान्य सिद्धान्तहरुलाई अन्तरहृदयबाट आत्मासाथ गर्नुपर्दछ । गरीवी निबारणको एक सशक्त माध्यम सहकारी प्रणाली भएकोले स्कुल तह देखिनै पाठ्यक्रममा सहकारी विषय र शिक्षा समावेश गरी विश्वविद्यालय तहसम्म अनिवार्य पठन–पाठन गराईनु पर्दछ । सहकारी जस्तो समुदायमा आधारित पवित्र संस्थामा राजनितिक पदीय भाग बण्डा गर्न थालिएको छ, यस्तो प्रथा निरुत्साहित गरी, सवै जात, धर्म, वर्ग, लिंगहरुको समान सहभागिता हुनु पर्दछ । (लेखक रेडियो एबीसीका प्रस्तोता हुन् ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: