सरुवा रोगबाट कसरी बच्ने ?

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

– हरिप्रसाद दुवाल

गर्मी–गर्मी अत्यधिक गर्मीसँगै खास गरेर वस्ती–वस्ती गाउँ–गाउँमा झींगाहरु, बढ्न सुरु भइसकेको छ । अब झाडापखाला, टाइफाइट जस्ता सरुवा रोगहरु देखा पर्न सुरु भई नियन्त्रणका उपायहरु अवलम्वन नभएमा महामारी नै सुरु हुन्छ । ‘स्यानिटेशन ईज ड न्यूक्लियस अफ पब्लिक हेल्थ’ मानिसहरुको खुला मैदान र जंगल–झाडीमा लुकी–छिपी दिसा–पिसाब गर्ने बानी, कम्युनिटी युरिनल तथा शौचालयहरुको व्यवस्था नहुँदा, हराएको छैन । हाम्रै लापरवाहीको कारण हो सरुवा रोगहरुको प्रकोप हुनु ।

पिउने पानीको मुहानहरु स्यानिटेशनको ख्यालै नराखी बनाएको कारण वर्षात सुरु भएपछि यी मुहानहरुमा वर्षातको भलसँगै दिसा–पिसाब र फोहरहरु सबै पानीको मुहानहरुमा पस्छ । त्यसकारण खास गरेर वर्षात सुरु भएपछि पिउने पानी उमालेर फिल्टर गरी आफैं बोतलींग गरेर मात्र पिउने ।

 

हाम्रो राजधानी काठमाडौंमा समेत जथाभावी मारकाट गरेर बेचिएको बाहेक स्यानिटरी सिद्धान्त पालना गरी निश्चित ठाउँमा जनावरमा रोग परीक्षण गरी काटिएर बेच्न बसेका नियन्त्रित मासु– पसलेहरु कोही पनि होइनन् । यहाँ जे गर्न पनि छुट हुन्छ । (१) डिफ्रिज गरेको मासु खरिद गर्ने । (२) काँचो नखाने । (३) राम्ररी पकाएको मासु मात्र खाने ।

माछा खाने चलन दिन–दिनै बढ्दै छ । स्यानिटेशनको हिसाबमा माछाको मुहान (आएको) ठाउँ थाहा पाउनु आवश्यक हुन्छ । (१) खराव ठाउँ मिलहरु, कलकारखानाहरु अर्थात औद्योगिक क्षेत्रहरु नजिकको नदी, साना–साना खोलाहरुबाट ल्याईएका माछाहरु भन्दा निजी पोखरीहरुबाट ल्याइएको माछाहरु अरुभन्दा राम्रो नै हुन्छ । माछा आजकल वरफमा राखेको हुन्छ र ताजा जस्तो देखिन्छ । माछाको कान फर्काएर हेर्ने तरिका गलत हो कारण कानमा रङ्ग राखेको हुन्छ । अतः माछाको शरीरलाई दोब¥याउनुस, कडा छ ताजा हो, कमलो छ ताजा होइन ।

काठमाडौं लगायत तमाम गाउँ सहरमा भएका होटेलहरु, रेष्टुराँ, चिया–नास्ता, खाजा खाने ठाउँहरुमा झीङ्गाहरु जमघट नै हुन्छ, गर्मीयाममा । यी चिया नास्ता खाने ठाउँहरु कुनै सरकारी निकाय आदिको नियन्त्रणमा छैन, आफू खुशी सञ्चालन भएको हुन्छ । भान्साघर, खानेकुराहरु तयार गर्ने ठाउँ । कमसे कम दिनको एकपल्ट पानीले सफा गर्न सजिलो हुने गरी सिमेन्टेट गरेको छुट्टै ठाउँ हुनु पर्छ । भान्छामा काम गर्नेहरुले पनि फुड हाँडलर्सस् कोर्ष गरेको हुनु पर्छ । २०१७ सालमा काठमाडौं नगरपालिकामा हामी स्यानिटेरीयनहरुले सुरु गरेका थियौं । सरुवा रोगबाट बच्ने उपाय हो, बाहिर जथाभावी ठाउँमा खानेकुरा नखाने । खानै पर्ने बाध्यतामा ताजा राम्ररी पकाएको सफा वातावरणको ख्याल राखी मात्र खाने ।

स्यानिटेशन मात्र एउटै उपाय हो सरुवा रोगबाट बच्ने । मैले यहाँ पाँच उपायहरु तपाईँहरु सामू राख्न लागेको छु । ती उपायहरु हुन् ः

(१) औंलाहरु (फींगर्स) सावुन पानीले हात धोएर मात्र हात सफा हुन्दैन । हातले खानेहरुले आफ्नो औंलाहरुमा नङ्ग पाल्नु हुँदैन । हप्ताको दुईपल्ट नङ्ग काट्ने छाट्ने गर्नुपर्छ र खानेकुरा छुन, खानभन्दा पहिले साबुन पानीले हात, सावुन जाने गरेर, राम्ररी पखाल्नु पर्छ ।

(२)    झींगाहरु (फ्लाइज) यो किटाणु सारै दरलाग्दो स्वभावको रोगका भरिया हो । झींगा फोहोर दिसामा बस्छ, फोहोरबाट लाखौं जिवाणुहरु उसको खुट्टाको राउँमा र पखेटामा आई टाँसिएर आएको हुन्छ, उड्छ र अर्को ठाउँमा बस्न उसले आफ्नो शरीर टक्टक्याउन्छ र खानामा जिवाणुहरु राखी दिन्छ । अतः कमसे कम भान्सा कोठा र डाइनिङ्ग टेबल भएको ठाउँको झ्यालहरुमा झींगा नछिर्ने जाली लगाउनुस् । झींगा धेरै किसिमका हुन्छन् । घरमा सदा हुने झींगा हो हाउस प्लाइज, साइटिफीक नाम हो मुस्का दोमेष्टिका ।

(३)    दिसा–पिसाव (फेय्सेश) यो स्यानटेशनको शब्द हो । स्वास्थ्य–शिक्षा नपाएका अनि खुल्ला ठाउँमा लुकेर दिसा बस्न मनपराउनेहरु कोही नउठेको बेला नजिकै पनि फोहोर गर्नेहरु अझै पनि गाउँ–वस्तीहरुमा थुप्रै मानिसहरु हुन्छन् । दिसा बस्न झाडी वा जंगलभित्र बस्छन् र पानीको मुहान (स्प्रीङ्ग) को छेउ, छाउ दिसाबसी आफ्नै घरमा आउने पानीको मुहान्को श्रोत नै फोर गरेर आउन्छ । वर्षात्मा फोहोरीहरुबाट दिसा गरेको ठाउँ सबै भल भएर पानीको मुख्य मुहान (पहिलो रिजर्भाएरमा बस्छ । र, वर्षातमा रोगको महामारी हुने प्रमुख कारण नै पानी हो । दिसा बस्न आफ्ने वारीभित्र स्यानो ठाउँ छुट्याएर पिट प्रिभी नामक चर्पी बनाउने ।

(४)    खकार, सिंगान (फोमाइट्स) हामीले जथाभावी थुक्ने, जथाभावी सिंगान फाल्ने, मुख नछोपी आन्ध्चुँ गर्ने, खोक्ने आदिँ क्रियाकलापबाट एकले अर्कोमा रोग सार्छ । श्वासप्रश्वासबाट हुने रोगहरु जस्तो कि क्षयरोग निमोनिया रुघाखोकी अर्थात् भाइरल इन्फेक्सनका थुप्रै रोगहरु फोमाइटस्को माध्यमबाट एकले अर्कोमा सर्न जान्छ ।

(५)    खानेकुरा (फुड) यस अन्तर्गत हामीले खाने सम्पूर्ण खाद्य पदार्थ, पीउने पेय पदार्थ पानी, चिया, दुध, सर्वत, ठन्डा पीउने लगायत दालचामल तरकारी, फलफुल, माछामासु, अण्डा सबलाई जनाउन्छ । यी सम्पूर्ण खानेकुराहरु रोगका जिवाणुबाट फोहोर भई नसकेको अवस्थाको हुनु आवश्यक छ । रोगका जिवाणुहरु हाम्रो खानेकुरामा आएपछि यो अति नै छिटो बढ्न सुरु हुन्छ । यी जीवाणुहरु समय ठाउँ र तापक्रम अनुकुल हुना साथ १ सेकेण्डमा १ को चारगुनाका दरले बढ्न सुरु हुन्छ । यसको बचावको लागि या त बढी तापक्रममा उमाल्नु पर्छ वा यसलाई डिफ्रीज गरी निम्न तापक्रम अर्थात् ० डिग्रीमा स्टोर गर्नु पर्छ । सफा खानेकुरा मात्र पोष्टिक आहार हुन्छ फोहोर खानेकुरा रोगको भण्डार हुन्छ । अस्तु !

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: