सरकारी मोर्चाको घोषणा भोलि

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

संघीयता पक्षहरुको मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको साउन ३१ गते घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका २५ दलको बैठक भोलि ३१ गते गठवन्धन घोषणा गर्ने निर्णय गरेको हो । घोषणा सभाबाट गठवन्धनको नीति तथा कार्यक्रम, संघीय परिषद् लगायतको घोषणा गरिने फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । बैठकले गठवन्धनको नाम संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन राख्ने निर्णय गरेको छ । स्रोेतका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गठवन्धनको नाममा गणतान्त्रिक थप्न प्रस्ताव गरेको थियो । गठवन्धनमा नेकपा–माओवादीले गठन गरेको नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा आवद्ध तार्सालिङ नेपाल राष्ट्रिय दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी हुने बताइन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: