समुदायमा जेसीज २०१२ सम्पन्न

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । विभिन्न कार्यक्रमहरुका साथ तीन जेसीज संस्थाहरुले जेसीज सप्ताह मनाएका छन् । संस्थाले समुदायमा जेसीज २०१२ अन्तर्गत काभ्रे जेसीज, काभ्रे महिला जेसिज र बनेपा जुनियर जेसीजले कार्यक्रम गरेका हुन् । साउन २६ गतेदेखि भदौ ९ गतेसम्म संचालित सप्ताहमा क्यान्सर अभिमुखिकरण, चित्रकला प्रतियोगिता, प्रभावकारी भाषण तालिम, ध्यानकुटी विहारका २८ जना वृद्धबृद्धाहरुलाई खाद्यान र फलफुल वितरण, बालबालिकाको लागि स्टेशनरी वितरण, स्व. रामभक्त स्मृती वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।

समापन कार्यक्रममा विभिन्न प्रतियोगिताका विजयीलाई नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा महिला विकास अधिकृत माया लोहनीले पुरस्कार वितरण गरेकी थिइन् । समापन कार्यक्रममा नेपाल जेसीसका पूर्व कार्यकारी उपाध्यक्ष महेन्द्रकुमार कर्माचार्य, काभ्रे जेसीजका अध्यक्ष गणेशकुमार रञ्जित, उपाध्यक्ष रमेश श्रेष्ठ, कार्यक्रमका मुख्य संयोजक विकास मानन्धर लगायतले जेसीज अभियानबारे चर्चा गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: