सबैलाई भुल्याउँदै, सत्ता लम्ब्याउँदै

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

जति बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारोहण भए, त्यतिबेला देशका दिग्गजहरु अब केही हुन्छ भनेर आश गरेर बसेका थिए । भारतको राम्रै शरण पाएका डा. बाबुरामले न शान्ति प्रक्रिया टु्ंग्याए न त देशलाई संविधान नै दिए । देशमै बनेको मुस्ताङ चढेर एउटा सन्देश दिएका बाबुराम पछिल्लो कालमा ती पहिलाका बाबुराम होइनन् कि जस्तो सबैलाई लाग्न थालेको छ । छ । हिजोमात्र बुटवल पुगेर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यादेशबाट शासन चलाउनु सरकारको बाध्यता भएको बताए । दलहरुबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न छोटो समयका लागि संविधानसभाको पुनस्र्थापना वा संविधानसभाको निर्वाचनका लागि दलहरुबीच सहमति नै मुलुकको राजनीतिक संकट फुकाउने बाटो भएको उनको भनाई थियो । उनले पाँचबुँदे कार्यान्वयन गर्न सहमति नभए संविधानसभाको निर्वाचन र राष्ट्रिय सहमतिको सरकारबारे प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्रीले संविधानसभाको निर्वाचन र राष्ट्रिय सरकारबारे प्याकेजमा सहमति भए आफू पद छाड्न तयार रहेको कुरा फेरि बताए । अस्तीमात्र प्रम भट्टराईले २७ दलको भेलामा पनि यसै भनेका थिए । काँग्रेस–एमाले सहमतिमा आउन नचाहेको आरोप लगाउँदै प्रधानमन्त्री भट्टराईले भने, ‘उनीहरु सरकारसँग वार्ता नगर्न र बहिष्कार गर्न कुरा गर्दैछन्, के काँग्रेस–एमालेले माओवादी र मधेसवादी दलहरु बाहेकको सहमति खोजेको हो ? उनको प्रश्न थियो ।
उता प्रचण्ड बाबुरामलाई संरक्षण गर्दैछन् । कटवाल प्रकरणबाट आफैले सत्ता छोडेका प्रचण्ड अरु दलसँग नरम कुरा तर बाबुरामलाई प्रधानमन्त्रीबाट राजीनामा दिन नलगाउने एनेकपा माओवादीको रणनीति हुनुपर्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विद्यमान राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे । प्रा.डा. गोपाल शिवाकोटीद्वारा लिखित ‘नेपालमा सामन्तवाद ः हत्या, हिंसा र षड्यन्त्रको इतिहास’ नामक पुस्तकको सोमबार लोकार्पण गर्दै प्रचण्डले अगाडि भने – राजनीतिक पार्टीहरुबीच सहमति एउटा थेगोको रुपमा मात्र नभएर सार्थक र परिणाममुखी सहमति बनाउनेतिर पहलकदमी बढेको छ, हामी सबैले आशा गरौं, छिट्टै नेपालको राजनीतिक गतिरोध अन्त्य हुनेछ र नयाँ प्रक्रियामा नेपाल प्रवेश गर्नेछ ।’ कार्यक्रममा प्रचण्डले राष्ट्रपति र राजनीतिक दलहरुबीच आइतबार भएको बैठकमा पनि केही दिनभित्र सहमति निकाल्नुपर्छ भनेर सबैले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: