सन् २०१८ ले खुसी देओस

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

सन् २०१७ लाई बिदाई गर्दै २०१८ को विश्वभर स्वागत गरिएको छ । विश्वभर भव्य आतसबाजी, प्रदर्शनी र कार्यक्रमहरु गर्दै २०१८ लाइ स्वागत गरियो । गे्रगोरियन पात्रो अनुसार हिजो सोमबार देखि नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् को  शुरुवात भएको हो ।  सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्र अनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत सम्बन्धी अनुसन्धान गर्नेहरु बताउँछन   ।  हामीले मनाउदै आएको बिक्रम संवतको रौनक पछिल्ला बर्षहरुमा घट्दै गएको छ  ।     

इस्वी सनमा  चान्द्रमासको गणना नहुने भएकाले समय क्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो”, तापनि संसारभर इसवी संवतको प्रचलन छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । पछिल्लो समय विदेशी संस्कृति अंगाल्ने क्रममा नेपालमा समेत केही दशक यता अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ बर्षको रौनक निकै बढ्दै गएको छ । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । पोखराको लेकसाईडमा सडक महोत्सवको समेत आयोजना भएकाले अन्य स्थानभन्दा पोखरामा नयाँ बर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमहरु बिशेष रहदै आएको छ । हरेक बर्षको डिसेम्वर २८ देखि १ जनवरीसम्म पोखरामा सडक महोत्सवकमा रुपमा मनाउदेैआएका छन् । सडकमै खाऊ, सडकमै नाचौ र सडकमै रमाऊ भन्ने नारा सहित हरेक बर्ष पर्यटकीय नगरी पोखराका होटल व्यवसायीहरु मिलेर अंग्रेजी नयाँ बर्षको शभारम्भमा झण्डै ४ किलोमिटर क्षेत्रमा आफनो सेवा सडकमा नै ओर्लेर दिने गरेका छन् । नया बर्षको यो अवसरमा  देश र बिदेशमा रहेका सबै नेपालीको भाग्य चम्किरहोस् । मुलुकले बिकास र  संबिृद्धिले  सफलता परोस् ।

नेपालका लागि सन् २०१७ चुनावी बर्ष रहयो अब सबै मिलेर देश बिकासमा टेवा दिनु पर्छ सबै नेपालीको ओठमा मुस्कान आओस । कोहि पनि केहि चिजको अभावमा रुनु कहिले नपरोस् । यही कामना गर्दै हामी नयाँ बर्ष २०१८ को मंगलमय  शुभकामना  व्यक्त गर्दछौ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: