सद्भावका लागि शान्ति रयाली

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

बनेपा । कानुनका विद्यार्थी र बाल प्रतिभा प्रस्फुटन समूह बुडोलको संयुक्त आयोजनामा बृहत शान्ति ¥याली शुक्रबार सम्पन्न भयो । बुडोलबाट सुरु भएको ¥याली बनेपा नगर परिक्रमासहित लायकू मञ्चमा अन्त भएको थियो । देश जातीय राज्यमा खण्डित हुँदा त्यसले देशलाई खण्डित पार्ने भन्दै समूहले ¥यालीको आयोजना गरेको बताइन्छ । विद्यार्थी, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त ¥यालीको मूल सन्देश जातीय राज्य नभई सबै जातजाति एकै मालामा गाँसेर राष्ट्रिय एकतामा रहनुपर्छ भन्ने थियो । कानुनकी विद्यार्थी स्वस्तिका तिमल्सिना र पुष्पा पलाञ्चोकेले समारोहमा बोल्दै एक आपसमा मिलेर राष्ट्रिय एकतामा बाँधिन आवश्यक रहेको बताइन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: