सचिव बनेपछि गाउँबाट सम्मान

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

महेन्द्रज्योति गाविस निवासी धनबहादुर तामाङ नेपाल सरकारको असार २८ गतेको निर्णय अनुसार निजामति सेवाको विशिष्त तह सचिव पदमा बढुवा भएकोमा गाविसले एक कार्यक्रमको आयोजना गरी तामाङको शनिबार सम्मान गरेको छ । कार्यक्रममा गाविस सचिव रामचन्द्र ढकालले तामाङलाई प्रशंसापत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका प्रअहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सचिव तामाङले सम्मानले आफूलाई हौसला प्रदान गरेको धारणा राख्नुभयो । इन्जिनियरिङ समूहबाट निजामति सेवामा प्रवेश गर्नुभएका तामाङ काभ्रे–३ बाट सचिव पदमा पुग्नुहुने पहिलो काभ्रेली हुनुभएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: