संस्थाहरुको अनुगमन सम्पन्न

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

धुलिखेल । जिल्ला गैसस समन्वय तथा संचालन कार्यविधि २०६७ द्वारा गठित समितिको हालैको निर्णयानुसार विभिन्न क्षेत्रको ५ वटा संस्थाअनुगमन तथा मूल्यांकन गरिएको छ । स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीको संयोजकत्वमा नारी चेतना केन्द्र चलाल, सिप्रेड मेथिनकोट, एनएनसीटीआर बनेपा, समाजसेवा तथा मानवअधिकार तथा रुम टु रिड गैरीबिसौनाको हालै अनुगमन गरिएको थियो ।
अनुगमनमा जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुनप्रसाद सापकोटा, कृषि कार्यालय प्रमुख सहदेव हुमागाई, महिला तथा बालबालिका प्रमुख माया लोहनी, जिविसका योजना अधिकृत टेककुमार रेग्मी, जिल्ला प्रशासन कार्यालय अधिकृत अनिल पौडेल, गैसस महासंघका अध्यक्ष कृष्णचन्द्र आचार्य, लोकत्रान्त्रिक गैसस महासंघका अध्यक्ष सुवर्णमान गोच्छे र जिविसका अधिकृत माया बादे लगायतको सहभागिता रहेको थियो । अनुगमनको मुख्य उद्देश्य समन्वय, सहकार्य, साझेदारी र एकताका रुपमा लक्षित बर्गमा कार्यक्रम पुगेको नपुगेको एकिन गर्ने, एकद्धार प्रणाली लागु गर्ने, संघ संस्थाको आन्तरिक सुशासन कायम गर्ने र समस्याहरु समाधान गर्न पहल गर्ने, सरकारी तथा गैैरसरकारी संधसंस्गा बिच समन्वय गर्दे कार्य गदैै जाने रहेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: