संचारकर्मीलाई निर्वाचनबारे प्रशिक्षण

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा काभ्रेको धुलिखेलमा मंगलबार निर्वाचन र सञ्चार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला तालिम समन्वयकर्ता रामशरण बजगाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना र नेपाल पत्रकार महासंघ काभ्रेका सचिव नगेन्द्र अधिकारी लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी कानुनी व्यवस्था प्रदेश सभा र यसको गठन, निर्वाचन सम्बन्धी परिचयात्मक विवरण, निर्वाचनमा सञ्चार माध्यमको भुमिका र आम सञ्चारको माध्यमले पालना गर्नुपर्ने आचरणको बारेमा प्रष्ट पारिएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: