संघीयतापछिको सहर

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

० कृष्ण किसी

  निकट भविष्यै मुलुक संघीयतामा जानेछ । संघीयतासँगै पायक पर्ने ठाउँमा प्रादेशिक राजधानी बन्नेछन् । संघीयतामा गएपछि सहरको स्वरुप कस्तो हुन्छ, अहिले सबैको चासोको विषय बनेको छ ।

केन्द्रीय राजधानी काठमाडौं नै सारेर अन्तै पो बनाउने हुन् कि ? प्रादेशिक राजधानी कुन कुनलाई बनाउने हो, सबैको चासोको विषय बनेको छ यतिबेला । केन्द्रीय राजधानीलाई काठमाडौंबाट चितवन, दाङ लगायतका ठाउँहरुमा सार्नुपर्ने माग राजनीतिक दलहरुबाट आउँदै गर्दा यो विषय थप चर्चामा आएको छ । नेपाल मजदुर किसान पार्टीले भने राजधानीलाई काठमाडौंबाट दाङ सार्नुपर्ने लिखित प्रस्तावसहितको संघीय संरचनाको प्रस्ताव समेत राखिसकेको छ ।

मुलुक हाल पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लामा विभाजित छन् । साथै हिमाल, तराई र पहाड गरी भौगोलिक रुपमा तीन भागमा वर्गीकरण गरिएका छन् । यस हिसाबले अहिले काठमाडौंसहित पोखरा, विराटनगर,  नेपालगञ्ज, वीरगञ्ज, बुटवल लगायतका क्षेत्रहरु क्षेत्रीय सहरहरुका रुपमा विकसित हुँदै आइरहेका छन् ।

[sam_ad id=”” codes=”true”]

काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख केशव स्थापितले संघीयतासँगै निश्चित रुपमा सहरको स्वरुप परिवर्तन हुने बताए । ‘मानिसको बस्ती जहाँ बढ्न गयो, त्यही ठाउँमा सहरीकरण हुने त हो नि’, उनले भने ‘संघीयतासँगै बस्ती विकासमा परिवर्तन आउने भएकोले सहरको स्वरुप परिवर्तन हुने भएको हो ।’ संघीयतासँगै सहरको स्वरुपमा पनि परिवर्तन हुने काठमाडौं उपत्यकाका नगरपालिकाका पूर्व प्रमुखहरु बताउँछन् । संघीयतामा गएपछि सहरको स्वरुपमा परिवर्तन आउनु स्वाभाविक हो, उनीहरुको भनाई छ, जनसंख्याको बसोबासको आधारमा शहरीकरणको विकास हुने भएकोले संघीयतासँगै शहरको स्वरुपमा परिवर्तन हुन्छ ।

संघीयतापछि काठमाडौंको हालको जनसंख्या केही भए पनि घट्ने र प्रान्तीय राजधानीहरु नयाँ सहरका रुपमा अगाडि आउने उनीहरुको भनाई छ । संघीयतापछि काठमाडौंको जनसंख्या घट्ने  र संघीय प्रान्तहरुमा बसोबास बढ्ने उनीहरुको तर्क छ । संघीयतापछि प्रान्तीय राजधानी घोषणा भएका जनता आफ्नै ठाउँमा बस्न जाने भएकोले काठमाडौंको जनसंख्या घ्ट्ने उनीहरु बताउँछन् । साथै जनसंख्या जहाँ बढ्यो, त्यहाँ सेवा सुविधा पनि थप्ने अनि अवसर पनि रहने भएकोले काठमाडौंको जनसंख्या घट्ने उनीहरुको भनाई छ । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका जिल्ला आयुक्त डा. भाइकाजी तिवारीले सजिलैसँग काठमाडौं सहरलाई व्यवस्थित गर्न सकिने बताए । [wdfb_like_button]

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: