श्रीखण्डपुरका देवीदेवताहरूमाथि छोटो दृष्टि

प्रकाशित मिती : बुधबार, पुस ५, २०७४ by   ·   Comments

 

सूर्यप्रसाद लाकोजू

पूर्णबहादुर कर्माचार्य धुलिखेल नगारपालिका वडा नं. ९ श्रीखण्डपृरका निवासी हुन । समाजमा केही गर्नुपर्छ भन्ने भावना भएका श्री कर्माचार्य सामाजिक कर्ममा लागिरहेका छन् । आफ्नो ठाउँको समग्र विकासमा उहाँको चासो छ । शैक्षिक विकासमा, वातावरणीय स्वच्छताको कार्यमा, समाजिक रुपान्तरणको कार्यमा उहाँको सकृय जीवन युवापुस्ताका लागि प्रेरणा बन्नसक्छ । यस्ता सामाजिक अभियन्ताले हाम्रो आफ्नो मौलिक परम्परा, संस्कृति, रितिरीवाज जस्ता कुराको संरक्षण र संवद्र्धन पनि गर्नुपर्छ भन्ने भावना पनि उहाँमा देखिन्छ । त्यसैले त उहाँले आफ्नो जन्मथलो श्रीखण्डपुरका देवीदेवताहरू नामक चिनारी पुस्तक नै लेखेर प्रकाशन गर्नुभएको छ ।

श्रीखण्डपुरका देवीदेवताहरू नाम दिइएको उक्त पुस्तकमा श्रीखण्डपुरका देवीदेवताहरूको मात्र चर्चा छैन । यसमा श्रीखण्डपुरको सामान्य परिचय, सामान्य एतिहासिक पृष्ठभूमि पनि समाविष्ट छ । श्रीखण्डपुरको नाम किन र कसरी रहने श्रीखण्डपुरका रहन गयो भन्ने बारे पनि उल्लेख छ । यसको अलावा त्यहाँ वर्षभरिमा हुने जात्रा तथा पर्वहरू, परम्परागत संस्कृतिहरूका विषयको चर्चा पनि पुस्तकमा छ । विस्केट जात्रा, भीमसेन जात्रा, नारायण जात्रा, इन्द्र जात्रा, सिठि नखः, माघे संक्रान्ति, जनैपुर्णिमा, यःमरी पुन्हि, शिला च¥हे, नवदुर्गा जात्रा, गठामुग च¥हे, चःथा, बुद्ध जयन्ति  लगायतका पर्वहरुका बारेमा पुस्तकले जानकारी दिइएको छ । विशेष गरेर नेवार समुदायमा  प्रचलनमा रहेको जात्रा तथा पर्वहरूलोप भइरहेको वर्तमान अवस्थामा यो पुस्तकले भावी पुस्तालाई आफ्नो मौलिक परम्पराका बारेमा धेरै थोरै जानकारी अवश्य दिने छ भन्ने मलाई लाग्दछ ।

 यस्तै पुस्तकले पौराणीक पाटी तथा मन्दिरहरूका बारेमा पनि विषय उठान गरेको छ । त्यहाँ प्रचलित लोक आख्यानहरूले पनि पुस्तकमा स्थान पाएको छ । पुस्तकमा त्यहाँ हाल रहेका विभिन्न सामाजिक संघ÷संस्थाहरूका बारेमा पनि चर्चा छ । श्रीखण्डपुरको शैक्षिक अवस्थाको चित्रण पुस्तकमा पाइन्छ । साहित्य र श्रीखण्डपुरका विषयमा पनि केही कुरा पूसतकमा उल्लेख छ । प्राचीनकालदेखि चल्दै आएको विभिन्न खालका भजनहरूले पनि पुस्तकमा स्थान पाएको छ ।

यति हुँदाहुँदै पनि पुस्तकको शीर्षक अनुसार यहाँ रहेका देवीदेवताका विषयमा मात्र पुस्तक केन्द्रित रहेको देखिन्छ । यहाँ रहेका पुराना देवीदेवताका विषयमा लेखकले रङ्गिन तस्वीर सहित परिचय दिने काम गरेका छन् । देवीदेवताको परिचय दिने क्रममा सर्वप्रथम श्रीखण्डपुरका आराध्य देव श्वेत भैरवको परिचय दिइएको छ । श्वेत भैरवप्रति यहाँका जनताहरूको अपार श्रद्धा रहेको छ ।  पस्तकमा श्वैत भैरव लगायत गणेश, कुमार, सरस्वती, गोठाले देव, महेश्वरी, नारायण, नाख भगवती, यम, इन्द्र, वज्राधार चैत्य लगायत ४२ वटा देवीदेवताका सूचि प्रस्तुत गरिएका छन् ।

यो पुसत्कको माध्यमबाट लेखकले हाम्रो संस्कृति, सांस्कृतिक सम्पदा, जात्रा, पर्व जआदिको संरक्षण हुनुपर्छ र भावी पुस्तालाई यसका बारेमा जानकारी दिनुपर्छ भन्ने भावना बोकेको छ । त्यसैले पुस्तकको अब्बलताको विषयमा प्रश्न उठाउनुको औचित्य म देख्दिन । हुादै नहुनुभन्दा केही हुनु राम्रो हो । पूणैबहादुर कर्माचार्यले पुस्तक मार्फत आफ्नो जन्मथलो लाई चिनाउने काम गर्नु भएको छ । यो उहाँको आफ्नो जन्मथलोप्रतिको माया, प्रेम, श्रद्धा हो । यो उहाँको अक्षर कर्मलाई सदैव सम्मान रहन्छ । अनि यस्तो महत्वपूर्ण पुस्तक प्रकाशन गर्ने बृहत बहुउद्देशीय सशकारी संस्था पनि धन्यबादका नहुने कुरै भएन ।

७२+४ पृष्ठको यो पुस्तक पठनीय रहेको छ । यसको मूल्य रू १५०।– राखिएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: