श्रीकृष्ण जन्मको सत्य युगमा नै भएको थियो

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

– गोविन्दलाल प्रधानाड्ड
अहिलेसम्म पनि श्रीकृष्णलाई निर्विकारी, मर्यादा पुरुषोत्तम तथा सम्पूर्ण अहिंसक देवता हुन् भन्ने कुरालाई नबुझेर उहाँलाई व्यापक रुपमा अनैतिक तथा उहाँप्रति जुन ग्लानी भइरहेको छ त्यो कुरा परमपिता परमात्मालाई उहाँ सर्वव्यापी, शिव र शंकर एउटै हुन्, श्रीमद्भागवतको वाचक श्रीकृष्ण हुनुहुन्छ भनी बुझ्नु पनि भगवान्को ग्लानी नै हो । श्रीकृष्णमाथि सबैभन्दा ठूलो ग्लानी उहाँलाई द्वापर युगमा जन्मनुभएको र उहाँ भगवान् हुनुहुन्छ भनेर सही भगवान्को परिचयबाट बञ्चित हुनु हो । सामान्य रुपमा हेर्दा पनि सबै कालको इतिहास, भूगोल, संस्कृति, सामाजिक तथा आर्थिक परिस्थिति, प्राकृतिक स्थिति एकनासको हुँदैन । समय परिवर्तनसँगै हरेक कुराहरुमा परिवर्तन हुन्छ । सत्य, त्रेता, द्वापर, कलि युग तथा संगम युगको समयमा पनि त्यसै बेलाको सबै परिस्थितिहरु एर्कैनासको हुँदैन भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । द्वापर र सत्य युगको बीचमा पनि हरेक क्षेत्रमा ठूलो अन्तर परिसकेको हुन्छ । त्यसैले श्रीकृष्णलाई भगवान् भन्नु र उहाँको जन्म द्वापरयुगमा भएको मान्नु, गीताको वाचक श्रीकृष्ण भएको मान्नु ग्लानी हो । यहाँ श्रीकृष्णको जन्म सत्ययुगमा भई अब्बल दर्जाको देवता भएको पुष्टि गर्ने केही कुराहरु प्रस्तुत गरिन्छ ।

  • श्रीकृष्ण र नारायण दुवै एउटै हुनुहुन्छ । मन्दिर तथा विभिन्न चित्रहरु हे¥यौं भने राधा र कृष्ण तथा लक्ष्मी र नारायणको चित्रहरु युगल रुपमा प्रस्तुत गर्ने भएकोले उहाँहरु अलग अलग देवी देवता थिए भन्ने लाग्ने अनौठा होइनन् । तर ययार्थमा ती कुराहरु असत्य हुन् । विशेषतः भारतमा जन विवाह हुन्छ तब वर र वधुको नाम परिवर्तन गर्ने कुरा सत्ययुगदेखि चल्दै आएको चलन हो । त्यो अझै पनि छ । त्यसैले राधा र कृष्णको विवाह पश्चात लक्ष्मी र नारायणको नाम परिवर्तन भयो । यसरी नाम परिवर्तन हुनुलाई मान्छे परिवर्तन भनी जान्नु सत्य नजान्नु हो । श्रीकृष्णको बाल्यकालदेखि युवाकालसम्मको जीवन कहानी पाइनु र नारायणको बाल्यकालको जीवन कहानी नहुनुले पनि यो सिद्ध गर्छ । निम्न भजनले पनि दुवै नाम एउटै हो भन्ने प्रमाणित हुन्छ ः
    श्रीकृष्ण गोविन्द हरे मुरारे
    हे नाथ नारायण वासुदेव ।
  •  श्रीकृष्णलाई पवित्र आत्मा तथा उच्चकोटीको देवता मानिन्छ । के भन्ने चलन छ भने अपवित्र धरतीमा देवता खुट्टा राख्दैनन् । पवित्र धरती तब नै हुन्छ जब परमपिता परमात्मा कलियुगको अन्त तथा सत्ययुगको आदि समय हुन्छ, त्यतिबेला आउनुभएर प्रजापिता ब्रह्मद्वारा मुख वंशावली ब्राह्मणहरु रच्नुभई यो पुरानो संसारलाई नयाँ बनाउन रुद्र महायज्ञ गराउनुहुन्छ । कलियुग भनेको तमोप्रधान युग हो । यस समयमा विश्वका सम्पूर्ण आत्माहरु भ्रष्टाचारी (काम, क्रोध, लोभ, मोह, अहंकार) मा चुर्लुम्म डुबेको हुन्छ । यति बेला नै संसार मानिसहरु र यो धरती अपवित्र रहेको हुन्छ । हुन त काम क्रोध लोभ मोह तथा अहंकार मानिसहरुमा त्यतिबेलादेखि सुरु हुन्छ जब द्वापरयुगको आरम्भ हुन्छ । यसैले श्रीकृष्ण वा नारायण द्वापरयुगमा जन्मनुभएको थियो भनेर मान्नु उहाँप्रतिको ग्लानी हो ।
    हिजोआज मन्दिरमा पूजा गर्दा हामीहरु सकेसम्म नुहाएर वा हात पखालेर मात्र देवतालाई पवित्र मानी चरणमा ढोग्छन् । त्यसैले जब कृष्णको जन्म भएको थियो, उहाँलाई १६ कला सम्पूर्ण, सबै देवतामध्येको श्रेष्ठ देवता भएकोले पालनपोषण, आहारविहार सबैमा १६ कला सम्पूर्ण हुनुको साथै पञ्चतत्वहरु समेत सतोप्रधान हुन्छ । अथवा प्रकृति पनि देवताको दासी हुन्छ । आजभोलि प्रकृति जसरी विनाश देखाइरहेको छ, त्यसको सट्टा हरेक कुरामा (हावा, पानी, खाद्यान्न, पशुपालन, नदीनाला) देवता सेवार्थ हुन्छ । द्वापर युगको सुरुसँग प्रकृति पनि नकारात्मक हुन्छ । सबै आत्माहरु तमोप्रधान बन्दै गएको हुन्छ । यस्तो अवस्थाको अन्त्य अर्थात् द्वापर युगको अन्त्यमा कृष्णको जन्म भयो भन्नु उहाँप्रतिको ग्लानी हो ।
    कलियुगको अन्त्यमा समेत दीपावलीको बेला धनकी देवी लक्ष्मीको प्रवेश होस् भनी घरको सम्पूर्ण भागहरुमा सरसफाई गरी दीप बाली उज्यालो गर्ने चलन छ । त्यसैले के भन्न सकिन्छ भने श्रीकृष्ण जसलाई अहिले पनि भक्ति मार्गमा भगवान भनेर मानि आएको छ, उहाँको जन्म द्वापर युगको अन्त अर्थात् दुःखले भरिएको संसारमा हुन्छ ? भक्त सुरदासले श्रीकृष्णको क्षणभरको साक्षात्कारको लागि वासना (काम विकार) को कारण धोखा दिने आँखा भनेर आफ्ना आँखाहरुलाई निकाली दिनुभयो । त्यस्तै मीराले पनि विषको प्याला पिउन स्वीकार गरिन् तर वासना भोगको प्रस्तावलाई अस्वीकार गरिन् । यसरी के श्रीकृष्ण द्वापरयुगमा जन्मनुभएको होला जुन बेला मानिसहरु विकारी दृष्टि र वासनाका थिए ।
  • शास्त्रमा के कुरा पनि उल्लेख गरिएको छ भने श्रीकृष्णलाई पिपलको पातमा सागरमा तैरिएको देखाइएको छ । भन्ने गरिन्छ संसार एउटा सागर हो । यस संसाररुपी सागर भन्नुको अर्थ मनुष्य सृष्टि पिपलको बोट हो । ब्रह्मा र सरस्वती त्यसको आधार हो भने श्रीकृष्ण त्यसको पातमा यस संसारमा तैरिएको थियो । यसको अर्थ यो हो कि उहाँको जन्म सृष्टिको प्रारम्भमै भयो । यसकारण श्रीकृष्णलाई सृष्टिको आरम्भमा नै पिपलको पातमाथि तैरिएको देखाइएको थियो । यस आधारबाट पनि भन्न सकिन्छ श्रीकृष्ण द्वापरयुगमा नभई सत्ययुगमा जन्मनुभएको हो ।
  • मुक्ति तथा जीवनमुक्ति पाउने परमधाम भएर स्वर्गमा जन्मछ । कसैले पनि भनेका छैनन् कि श्रीकृष्ण जीवन बन्ध्धन अवस्थावाला हुनुहुन्छ भनेर । सबैको एक मत छ श्रीकृष्ण जीवनमुक्तिवाला हुनुहुन्छ । त्यसैले उहाँले अधर्म, अशान्ति, प्राकृतिक प्रकोप, दुःख अर्थात् तमोगुणवाला संसारमा उहाँको जन्म हुन सक्दैन । यो भन्नु नै द्वापरयुगदेखिको प्रारम्भ अवस्था हो । अहिलेसम्म मानिसहरुको अनुहार हेर्दा मानव जस्तो छ देखिन्छ तर उनीहरुको बोली, व्यवहार, आचरण आदि सबै दानव जस्तै देखिन्छ । यस दृष्टिले पनि श्रीकृष्णको जन्म सतोप्रधान अर्थात् प्रकृतिमा सतोप्रधान, सबै मानिसहरुमा दिव्यगुण र धनवैभवले पनि सम्पूर्ण भएको स्वर्गमा भएको थियो ।
  • श्रीकृष्णलाई १६ कला सम्पूर्ण निर्विकारी भनिन्छ । यो भनाईलाई बुझ्न चन्द्रमाको कलाहरुतिर ध्यान दिनुपर्ने हुन्छ । चन्द्रमा पूर्णिमासम्म प्रतिदिन बढ्दै जान्छ । जसलाई कला भनिन्छ र पूर्णिमाको दिन पूर्णचन्द्रमा भनिन्छ । जसलाई १६ कला सम्पूर्ण भनिन्छ । यसरी त्यस मानिसलाई १६ कला सम्पूर्ण भनिन्छ । जसले पूर्व जन्ममा प्रजापिता ब्रह्माद्वारा ज्ञानको काफी धारणा गरेको हुन्छ । अर्थात् जसले संगम युगमा ज्ञानको काफी धारणा गरेको हुन्छ उसले नै सत्ययुगमा जन्म लिन्छ तर जसले कलियुगी दृष्टिले महाविनाशसम्म सम्पूर्णताको प्राप्त गर्दैन, उसलाई १४ कल्प सम्पूर्ण भनिन्छ र उनीहरुको जन्म त्रेतायुगमा हुन्छ । यसरी १६ कला सम्पूर्ण वाला सूर्यवंशी १४ कलावाला चन्द्रवंशी जन्म हुन्छ । संसारको पुनरावृत्तिको क्रममा परमपिता भगवान्ले सत्ययुग तथा त्रेतायुगको स्थापना गर्न ज्ञान तथा योग सिकाउनको लागि एकजना वानप्रस्थ अवस्थाको मनुष्यको प्रवेश गर्नुभई निजको नाम प्रजापिता ब्रह्मा राख्नुभई उहाँद्वारा ज्ञान तथा योग सिकाउनु नै ब्रह्मकुमार तथा ब्रह्मकुमारीहरु, जसलाई मुख वंशावली ब्राह्मणहरुलाई गोदमा लिनुहुन्छ र उनीहरु नै १६ कला तथा १४ कलाले क्रमशः सत्ययुग र त्रेतायुगमा जन्म लिन्छन् । यसको अर्थ हो श्रीकृष्णले नै सबैभन्दा पहिले १६ कला सम्पूर्ण बन्नुहुने भएकोले सत्ययुगको आरम्भ नै उहाँको जन्म हुन्छ ।
  • श्रीकृष्णले नै बैकुण्ठनाथ उपाधी प्राप्त । यो पनि सामान्यतः सबैलाई जानकारी भएको कुरा हो कि श्रीकृष्णका भक्तहरुले उहाँलाई बैकुण्ठनाथ भनी पुकार्छन् । बैकुण्ठ भनेको यस मनुष्य लोकभन्दा अन्त कतै तलमाथि होइन । यही लोक स्वर्ग हो र यही नर्क पनि । जब यस सृष्टिमा पवित्रता, सतोगुण, दिव्यगुण, सम्पन्नता तथा सुख समृद्धिले माथि छ, त्यस समयलाई सत्ययुग भनिन्छ । यसरी श्रीकृष्णलाई बैकुण्ठनाथ भनिनुले पनि उहाँको जन्म सत्युगकै आरम्भमा भएको कुरा स्पष्ट पार्छ ।
  • लक्ष्मी तथा नारायणलाई क्षीर सागरमा शेष नागमा देखाइएको छ । बजारमा यस्ता चित्रहरु पनि पाइन्छन कि लक्ष्मी तथा नारायण (राधा र कृष्णको विवाहपछिको नाम) लाई शेष नागमा शीर सागरमा पल्टेको देखाइएको छ । क्षीर सागरलाई सम्पूर्ण पवित्रता तथा सुख समृद्धिको बोधक मानिन्छ । शेष नागमा पल्टिनुले निर्भयताको प्रतीकको रुपमा लिइन्छ । यस सृष्टिमा निर्भयता सत्ययुगमा हुन्छ । त्यसैले श्रीकृष्णको जन्म सत्ययुगमा भएको स्पष्टै हुन्छ ।

माथि उल्लेखित कुराहरुले श्रीकृष्णको जन्म सत्ययुगको आरम्भमै भएको र उहाँ नै स्वर्गको पहिलो राजकुमार भएकोले उहाँलाई द्वापर युगमा जन्म भएको भनी मान्नु उहाँलाई नचिन्नु र उहाँको ग्लानी गर्नु हो । श्रीकृष्णलाई मखनचोर, १६१०० गोपिनीबाट १६००० बच्चाहरु जन्माएको जस्तो घटिया कुरा गर्नु पनि उहाँप्रतिको ग्लानी नै हो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: