शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

पोर्टेज कार्यक्रम नेपाल, पोर्टेज बाल विकास समितिको आयोजनामा आदर्श बाल विकास केन्द्र बिद्यालयमा संचालित समाहित बालविकास शिक्षा तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी ८ दिने तालिम  हालै सम्पन्न भएको छ । तालिममा काभ्रे जिल्लाको बनेपा, नाला, महेन्द्रज्योती, पनौती, मेथिनकोट, भुमिडाँडा, देवीटार, भक्तपुरको बालकोट, कटुन्जे र रुपन्देहीको मनौरी र अर्दुला गाविस तथा नपाहरुका १८ वटा विद्यालय  तथा बालविकास कक्षाका गरी जम्मा २० जना शिक्षक शिक्षिकाहरु सहभागी थिए ।

पोर्टेज कार्यक्रम नेपालका निर्देशक मणिराज श्रेष्ठको स्वागत मन्तव्य तथा तालिमको उद्देश्यबारे जानकारीबाट शुरु भएको उक्त तालिममा शैक्षिक सामग्री निर्माण र प्रयोग, बालविकास शिक्षा, समाहित शिक्षाको अवधारणा, पोर्टेज चेकलिष्ट तथा अन्य पाठ्यक्रमहरु, लेखाजोखा, लक्ष्य निर्धारण तथा पाठयोजना तयारी, शिक्षण सिकाईका विधि र तरिकाहरु, मन्टेश्वरी शिक्षण सिकाई सम्बन्धी सामान्य जानकारी, शिक्षक सहजकर्ताको भूमिका, कार्यतालिका तयारी, रिपोर्टीङ्ग आदि विषय वस्तुहरु समावेश भएका थिए । तालिमको अन्तिम दिन पोर्टेज कार्यक्रम नेपालका अध्यक्ष सुमनकोख श्रेष्ठबाट सहभागीहरुलाई केही शैक्षिक सामग्रीहरु हस्तान्तरण गरी तालिमको महत्व र उपयोगिताबारे मन्तव्य राख्दै तालिम सम्पन्न भएको थियो । तालिममा मणिराज श्रेष्ठ, सरु वैद्य र रोसन श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: