शैक्षिक संगठनले दिए राहत

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

बनेपा बुडोलमा दुर्घटनामा परी मृत्यु भएका स्रोतव्यक्तिद्वय डेगराज भट्टराई र नवराज तिमल्सिनाको परिवारलाई आइतबार आर्थिक सहयोग प्रदान गरिएको छ । शिक्षकहरुको हितकोषबाट दुई÷दुई लाख रकम मृतकहरुकी पत्नी क्रमशः ज्ञानी भट्टराई र ईश्वरी मैनाली तिमल्सिनालाई हस्तान्तरण गरिएको थियो ।
पाँच शिक्षक संगठनका प्रतिनिधिहरुको उपस्थितिमा नेपाल शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमल्सिनाले रकम हस्तान्तरण गरेका थिए । असार ३० गते हिमाल तराई यातायातको ना २ ख ५८९२ नं.को गाडीले ठक्कर दिँदा भट्टराईको घटनास्थलमै र तिमल्सिनाको २ गते मृत्यु भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: