शिक्षक तालिम सम्पन्न

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

बनेपा । आदर्श विद्या मन्दिर स्कुल बनेपाले अर्ली चाइल्डहुड एजुकेसन सेन्टर काठमाडौंसँग सहकार्य गरी पूर्वप्राथमिक तहका शिक्षिकाहरूको शिक्षणसीप विकास गराउने लक्ष्य राखी खेल विधिमा आधारित शिक्षण सिकाईबारे सञ्चालन गरेको ३० घण्टे शिक्षक तालिम कार्यक्रम शुक्रवार सम्पन्न भयो । तेजगङ्गा बहुमुखी क्याम्पसका प्रमुख अम्बुभवानी कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक विद्यालयका निर्देशक रामप्रसाद तिमल्सिना, प्रिन्सिपल नरेन्द्रकुमार नगरकोटी, भाइस प्रिन्सिपल ललिता तिमल्सिना, प्रशिक्षकहरू नन्दनाथ खपाङ्गी, विशाल गुरूङ्ग, उत्तम दाहाल र विजय कार्कीले बोल्नुभएको थियो । तालिममा ३२ जनाको सहभागिता रहेको थियो ।
– निहारिका नगरकोटी (प्रशिक्षार्थी पत्रकार)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: