शारदाको तस्वीरभित्रको मन

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

फणीद्र शर्मा
बालबालिका र महिला उत्थानका क्षेत्रमा कार्यरत शारदा पाठक केबलले ‘तस्वीरभित्रको मन’ गजल संग्रह लेराएकी छिन् । लेखिकाको प्रतिभा सबै आएका छैनन् । यो पहिलो संग्रह भएकोले पनि हुनसक्छ कि पहिलो पुस्तकमा नै किन प्रकाशन गर्ने विचार लेखिकाको हुनसक्छ । मान्छे आफूले आफैलाई कति उजागर गर्न सक्छ ? म भन्छु मान्छेले आफूले आफूलाई उजागर गर्न नसकेपछि पात्रको माध्यमले कथा, उपन्यासमा बोल्छ । कविता गीत गजलमा अभिव्यक्त हुन्छ । त्यस्तै शारदा पाठकको यो पुस्तकमा जति शब्दहरुले खुलेकी छिन् त्योभन्दा बढी आउँदो पुस्त्कमा खुल्ने अपेक्षा हामी गर्दछौं ।
तस्वीरभित्रको मनमा छन्द कविताहरु छैनन् । स्वच्छन्द बन्धनमुक्त गद्य कविताहरु मात्र होइन झ्याउरे गीत गजल जो पाठक होस् जसले पनि सजिलै बुझ्ने शब्दहरु छन् । तस्वीर भित्रको मनको सँगालो जन्मिनुका कारण लेखिकाले खुलाएकी छिन् – ती सबै गीत गजल, कविता सबैलाई अबको अवस्थामा आफ्नै बेवसाइट खोलेर राख्ने प्रबन्ध मिलाउँदा हामी जस्ता आधुनिक पाठकहरु जो बिम्झदा अनलाइनमा र सपनामा पनि अनलाइनमा हुनेहरुका लागि फाइदा हुन्थ्यो । प्रकाशित तस्वीरभित्रको मनको मूल्य रु. १००।– छ । मुलुकभरका चर्चित पुस्तक पसलमा पुस्तक पु¥याएदेखि सचेत पाठकहरुले पढ्न पाउँथे । लेखिकालाई हाम्रो यही आग्रह छ ।

0
'

Comments

  1. Sharada Pathak says:

    देख्ने र चिन्नेहरुले पुस्तक र यथार्थमा फरक देखे , उनीहरुले किताबमा बढी खुलेको ब्यक्त गरे | फणिन्द्रहरुको बिचारमा बढी खुल्नु पर्ने आयो | सबैलाई धन्यवाद म सकभर जीन्दगीको यथार्थताको नजीक हुने कोशिश गर्दछु |

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: