विस्तारित बैठकसँगै पूर्व लडाकूले आन्दोलन गर्ने

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

– फणिन्द्र शर्मा
काठमाडौंमा एकीकृत नेकपा माओवादीको पाँचौं विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । हिजोदेखि हुने भनिएको बैठकमा भाग लिन आएका उदयपुर राज्य समितिका केही पार्टीका नेता हिजो त्रिशुलीमा बस खसेर मृत्यु भएपछि बैठक आज सरेको हो । उदयपुरबाट आइतबार छुटेको ना २ ख ४९५१ को बस हिजो बिहान कृष्णभीरमा त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ । आइतबार नै भारतबाट त्रिवेणीघाटमा तीर्थ आएको बस नवलपरासी कुडिया–६ गण्डक नहरमा खस्दा ३९ को मृत्यु भएको थियो ।
माअ‍ोवादीको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डलाई यसपल्ट हम्मे हम्मे पर्नेछ । हामीलाई प्राप्त समाचार अनुसार प्रचण्डसँग जिल्ला जिल्लाबाट आएका कार्यकर्ताले जमेर पार्टी फुटको विषयलाई गम्भीरतापूर्वक प्रश्न गर्नेछन् । त्यसैगरी पार्टी फुटको अर्को कारण भारतसँग प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको विप्पा सम्झौता बारेमा पनि प्रश्न गरिने भएको खबर छ । झन् एकीकृत नेकपा माओवादीलाई समर्थन गर्न स्वेच्छिक अबकाश रोजेका पूर्वलडाकूहरुले राजनीतिक हैसियत माग्दै आन्दोलन गर्ने भएका छन् । यसअघिका विस्तारित बैठकमा शिविरबाट प्रतिनिधित्व गरे पनि अवकाशसँगै त्यो हैसियत गुमाएपछि उनीहरुले राज्यसमितिमा बढुवा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्न थालेका हुन् । उनीहरुले मंगलबार बिहान विस्तारित वैठकस्थलमा नाराबाजीसहित प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । ‘समायोजन पनि सम्मानजनक भएन, राजनीतिक हैसियत पनि दिइएन’– एक पूर्वलडाकूले भने –‘वैद्यहरु बाहिरिएपछि हैसियतै नभएकालाई राज्य समितिमा बढुवा गरेर हाम्रो अपमान गरियो ।’ राज्यसमितिमा बढुवा गरि उपयुक्त राजनीतिक जिम्मेवारी दिनुपर्ने र सुरु हुन लागेको सातौ विस्तारित वैठकमा भाग लिन पाउनुपर्ने उनीहरुको माग छ । उनीहरुले कम्पनी सहायक कमाण्डरदेखि माथिका पूर्वलडाकूलाई राज्यसमिति सदस्यमा बढुवा गर्नुपर्ने माग गरेका छन् । ‘यसबारेमा नेतृत्वलाई ध्यानाकर्षण गराई सकेका छौँ – अर्का पूर्वलडाकूले भने – तर हाम्रो कुरा सुनुवाई नभएपछि वैठकस्थलमै आन्दोलन गर्नुपर्ने अवस्था आयो ।’ अघिल्ला विस्तारित वैठकहरुमा कम्पनी सहायक कमाण्डरदेखि माथिका लडाकूहरु सहभागी हुन पाएका थिए । कुरा नमिलेको खण्डमा पूर्व लडाकूले आन्दोलन गर्ने भएका छन् । त्यो आन्दोलन हुँदा एकीकृत माओवादीको अवस्था कस्तो होला सर्वत्र चर्चा यही छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: