विविसिको बधाई कार्यक्रम

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

बनेपा÷बनेपा ब्वाइज क्लब (बीबीसी ) क्लबका सदस्य विकाश मानन्धर नेपाल जेसिसको कार्यकारी उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गदै सफल कार्यकालको लागि शुभकामना सहित सम्मान गरेको छ । क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेवी विमल सिकु श्रेष्ठ, थानपति भजन मण्डलका अध्यक्ष राजेश पोटे, नेपाल पत्रकार महासंघ काभे्रका उपाध्यक्ष रमेशप्रसाद न्यौपानेले लगायतको आतित्थ्यतामा रहेको कार्यक्रममा क्लबका उपाध्यक्ष हरी कर्माचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन क्लबका सचिव मणिकुमार तुम्रुकले गर्नुभएको थियो । सोही अवसरमा हरेक एकादशीको दिन थाननपति मन्दिरमा दिप प्रज्वलन गर्ने कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । मन्दिरको शोभा बढाउन र धार्मिक संस्कारलाई निरन्तरता दिने उदेश्यले दिप प्रज्वलन गर्ने कार्य गरेको काभे्र उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले जानकारी दिनुभयो । उक्त कार्यक्रमको बनेपा ब्वाइज क्लबले थानपति मन्दिरलाई फलामबाट निर्मित २ थान मेच र आगो राख्ने मक्कल २ थान सहयोग गरेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: