विना थापामगरको प्रेममा पागल बनेपछि प्रचण्डपुत्र इलुइलु चक्करमा

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल ५ दिनदेखि वेपत्ता भएको खबर छ । ५ दिनअघि लाजिम्पाटस्थित घरबाट मोटरसाइकल लिएर निस्केका प्रकाश सोमबारसम्म परिवारको समेत सम्पर्कमा आएका छैनन् । पिता प्रचण्ड र माता सीता तथा दाई समिर दाहाललाई समेत जानकारी नै नदिई घरवाट निस्केका प्रकाश केटी लिएर गएको हुन सक्ने परिवारको आशंका छ ।
स्रोतका अनुसार उनीहरु दुवैजना प्रकाश सरस्वती क्याम्पसकी स्ववियु सभापति विना मगरसँग दिल्ली गएको बुझिएको छ । सगरमाथा आरोहण गर्दा प्रकाश र टोलीका सदस्य विनासँग प्रेम सम्वन्ध रहेको चर्चा चलेको थियो । माओवादी कार्यकर्ता शंकर अधिकारीसँग विवाह गरेका विना पनि केही दिनदेखि संगठन र परिवारको सम्पर्कमा छैनन् । क्रान्तिकारीका एक नेताका अनुसार सगरमाथा आरोहणका क्रममा प्रकाशसँग प्रेममा परेको समाचार आएपछि संगठनका केही नेताहरुले सोध्दा विनाले ‘त्यस्तो केही हैन’ भन्दै टारेकी थिइन् । माओवादी फुटेपछि विना संस्थापन पक्षमा छिन् भने उनका श्रीमान् शंकर अधिकारी बैद्य समूहले गठन गरेको नेकपा–माओवादीमा छन् ।
प्रकाशले माओवादीकै सचिव पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग जनवादी विवाद गरेका थिए । पछि आपसी समझदारीमा नै सम्वन्ध विच्छेद गरेका प्रकाशले ४ वर्षअघि पोखराका श्रृजना त्रिपाठीसँग मागी विवाद गरेका थिए । श्रृजनाबाट एक छोरा छन् । उनी हाल लाजिम्पाटमा बस्दै आएकी छिन् । छोरा प्रकाशलाई पुल्पुल्याउँदाको परिणाम प्रचण्ड अहिले भोग्दैछन् । प्रकाशको इलुइलुले प्रचण्डको नाममा पनि दाग लागेको छ । तीन वर्ष अघि प्रकाशले धुलिखेलमा टिल्ल रक्सी खाएर बबाल गरेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित भएका थिए ।
यसैबीच माओवादी पोलिटव्युरोको सोमबार बसेको बैठकले राज्य समिति सदस्य प्रकाशलाई निलम्बन गर्न निर्ण गरेको हो । ‘हेडर्वाटरलाई जानकारी नै नदिई वेपत्ता भएका छन् । विभिन्न ठाउँबाट विना नाम गरेकी युवती लिएर भागेको कुराहरु पनि आइरहेको छ’ पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले भन्नुभयो –‘पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको देखिएकाले प्रकाशलाई निलम्बन गरिएको छ ।’ विनासँग अर्को विवाह गरे नगरेको पुष्टी भइनसकेको भन्दै माओवादीले यसबारे थप अनुसन्धान गर्न समेत बताएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: