विद्यार्थीलाई पाठ्यपुस्तक, बालकलाई सहयोग

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

धादिङ । गौरीशंकर प्रावि महादेवस्थान, धादिङमा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरुका लागि रोटरी क्लब धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठले पाठ्यपुस्तक सहयोग गर्नुभएको छ । श्रेष्ठले अंग्रेजी, विज्ञान, गणित लगायतका पाठ्यपुस्तक २४ सेट उक्त विद्यालयका प्रअ अनुप धरेललाई हस्तान्तण गर्नुभयो । चेपाङ, तामाङ र मगर विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त विद्यालयका लागि रोटरीले भविष्यमा पनि सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैगरी डाँडागाउँ निवासी राधा दनुवारका तीन महिनाको बालकको उपचारका लागि रोटरी क्लब धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठले १५ हजार नगद सहयोग प्रदान गर्नुभएको छ । अति विपन्न परिवारकी राधा बोल्न र सुन्न सक्दिनन् । छोराको खुट्टा जन्मजात बाङ्गो भएको र त्यसको उपचारको लागि आफूलाई आर्थिक अभाव भएको बताएपछि श्रेष्ठले उपचारका लागि सहयोग गर्नुभएको हो । हाल अपाङ्ग बाल अस्पतालमा बालकको उपचार भइरहेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: