लामखुट्टेबाट कसरी बच्ने ?

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

-हरिप्रसाद दुवाल

गर्मी महिनामा मान्छेलाई सबैभन्दा दुःख दिने किरा हो लामखुट्टे । लामखुट्टे धेरै प्रकारको हुन्छ । काठमाडौं जस्तो उचाई भएको स्थानमा हुने लामखुट्टेको नाम हो क्युलेक्स । यसले हात्तीपाइले रोग सार्छ । तराई क्षेत्रमा हुने लामखुट्टे हो एनोफेलस । यसले खासगरी हामीकहाँ फैलाइएको रोगहरु हो औलो र हालसाल ज्यादै खतरनाक देखिने डरलाग्दो रोग हो इन्सेफलाइटिस । यो सिधै मान्छेको मस्तिष्कमा चोट पु¥याउँछ । यो रोग आक्रान्त रोगीहरु, तराईको सबैजसो अस्पतालहरुमा वर्षातपछि गर्मीयाममा, होस् हवास हराएका बिरामीहरु देख्नु हुनेछ । यी रोगीहरु निको त हुन्छन् तर केही महिना वा वर्षसम्म पनि उसको मस्तिष्कले राम्रो काम गर्दैन ।

गर्मी महिनाहरु अर्थात् असार, श्रावण र भाद्रमा वर्षातपछि वरिपरि भएभरका खाल्डा–खुल्डीमा पानी जमेको हुन्छ । यही हो लामखुट्टेले फुल पार्ने ठाउँहरु । फुल पारेको ७–१० दिनसम्ममा यी खाल्डा–खुल्डीको पानी जमेको ठाउँबाट हजारौं–हजार लामखुट्टेहरु मान्छेलाई दुःख दिन आकाशमा उड्छ । यी किराहरु रगत पिउने स्वभावको कारण जनावरहरु र मान्छे बसेको ठाउँभित्र पस्छ । मान्छेले धपाउँछ, मार्छ तर जनावरहरु खास गरेर गाईवस्तुहरुको गोठ पाएसम्म मान्छे बस्ने ठाउँ पस्दैन । एकचोटि गोठ वा कोठाभित्र पसिसकेपछि फेरि अर्को ठाउँमा जान चाहँदैन । रात त्यही बिताउँछ र रगत पिउने काम गर्छ । बिहानी पख लामखुट्टेहरु बाहिर जाने कोसिसमा हुन्छ । बन्द झ्याल खोल्नासाथ सबै बाहिर निस्कन्छन् ।

१.       लामखुट्टे नष्ट गर्ने पहिलो उपाय हो, कीटनाशक औषधी स्प्रे गर्ने । यो स्प्रे केही दिनसम्म पनि काम गर्ने गरी कुनै पनि स्थान वा एरियामा कीटनाश गर्ने शक्ति केही दिनसम्म रही रहने गरी छर्कनु हुन्छ । यसरी छर्कनुलाई रेसुड्युअल स्प्रे भनिन्छ । तर शतप्रतिशत नमर्ने हुँदा यी किराहरुले डिडीटीको ५ प्रतिशत कीटनाश गर्ने शक्तिलाई पचाउँछ, रोग नियन्त्रणमा आउँदैन । यसले औलो जस्तो ठूलो कार्यक्रममा इन्टोमोलिजिस्तहरु हैरान हुन्छ ।

२.       भरसक यी किरालाई फुल पार्ने मौका नै नदिन आ–आफ्नो घर, चोक, आँगन, कौसी आदि स्थानहरुमा कुनै पनि टुटेफुटेका गमला, अरु भाडा वर्तनहरु वर्षात् महिनामा पानी जम्मा हुन नदिने । आफ्नो एरियामा कहीँ खाल्टाखुल्टी छ भने त्यसमा माटो भर्न लगाई पुरी दिने ।

३.       खाल्डो नष्ट गर्न नहुने छ भने यसमा लामखुट्टेले फूल पारी स–साना किराहरु चलिरहेको देखिन्छ भने अलिकति मट्टितेल राखी दिने र यी कीराहरु श्वास फेर्न नपाई नष्ट हुन्छ ।

४.       साँझपख यी कीराको चलखेल सुरु हुने भएको कारण जाली नभएको झ्यालढोकाहरु पुरा नै बन्द गर्ने ।

५.       आफूलाई रातमा लामखुट्टेले दुःख दिएको थियो भने कीटनाशक स्प्रे कुनाकाप्चामा औषधी स्प्रे गरेर १÷२ घन्टा कोठा नै बन्द गरी दिने ।

६.       गर्मी याममा अलिक गर्मी बढी भएपनि झुल विना नसुत्ने । झुल लामखुट्टे नछिर्ने भरसक एक इन्चमा २४–३२ सम्म प्वाल भएको जालीदार झुल किन्ने ।

७.       झुल नभएको बेला हातखुट्टा र मुख आदि ठाउँमा इन्सेक्ट रिपलान्ट नपाएमा पोमायट भ्यास्लिन दल्ने । लामखुट्टे बस्न खोज्छ, तर चिपलिने हुँदा बस्न सक्दैन ।

८.       आफ्नो सुत्ने कोठाहरुको पुरै खुल्ला ठाउँहरुमा जाली लगाउने । पर्दा तन्ना आदि पुरै हल्का रङ्गको मात्र लगाउने, गाढा रङ्गको हरियो, निलो र रातो होइन ।

            माथि लामखुट्टेले टोक्ने कारण हुने रोगहरुबाट बच्न निम्न अनुसार ज्ञान हुनु जरुरी हुन्छ ।

(क) हात्ती पाइले रोग सार्छ क्युलेक्स लामखुट्टेले यो कुरामाथि भनिसकेको छु । तर लामखुट्टेले रोगको मुहानबाट रगत पिउन नपाएमा लामखुट्टेले रगत पिउने कारण रोग भइहाल्दैन । अतः आफ्नो घर वरिपरि यस्तो रोगका बिमारी भए नभएको थाहा पाउने । यो रोगको मुहान रोगी आफैं हो । अतः छिमेकमा रोगी देख्नु भए बढी होशियार हुने ।

(ख) मलेरियाको मुहान हो मलेरियाका रोगी तर यो बाँदर जस्ता जनावरहरुलाई पनि हुन्छ । अतः यसबाट बच्न तराईतिर जाँदा लामखुट्टेबाट बच्ने उपायहरु अपनाउनु पर्छ ।

(ग)इन्सेफलाइटिस बेग्लै किसिमको रोग हो । यो रोग मान्छेमा आएपछि बन्द हुन्छ । अरुलाई अब रोगीको रगतबाट लामखुट्टेले सार्न सक्दैन । यो रोगको मुहान हो सुँगुर जाति । वर्षातमा एकथरी स्वान जातिको हाँसहरु एक ठाउँबाट अर्को ठाउँको स–सानो नदी, खोलामा पानी पिउन आउँछ । त्यस ठाउँ, एरियाका लामखुट्टेले यी आगन्तुक हाँसहरुलाई टोक्छ र रगत पिउँछ । यी हाँसहरु इन्सेफलाइटिस रोगका भरिया नै हो । अतः यी हाँसबाट लामखुट्टेले रोगका जीवाणु आफ्नो शरीरमा लिन्छ । यो रोगी लामखुट्टेले सुँगुर जातिलाई टोक्नुपर्छ र सुँगुर बिरामी नभएपनि, सुँगुरको शरीरमा रोगका किटाणुहरु बढ्छ । सुँगुर जातिबाट मात्र रोगका किटाणुहरु लामखुट्टेले लिन्छ । अब यी लामखुट्टेले जस–जसलाई टोक्छ, उसलाई इन्सेफलाइटिस रोग सर्छ । यी माथिका रोगहरुबाट बच्नु भनेको लामखुट्टेबाट बच्नु हो ।

(२०१४ सालमा सैरमेमोरियल हस्पिटलको संस्थापक डा. स्टानली जी स्टरजेस साथ सिर मेमोरियल अस्पतालमा २०१६ सम्म कार्यरत । इस्वी सम्वत् १९६० देखि १९६१ सम्म अमेरिकन युनिर्भसीटी वेरुतमा पब्लिक हेल्थ स्यानिटेशनमा अध्ययन । २०१७ सालदेखि २०३९ सालसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गत स्यानिटेरीयन, सिनियर सुपरभाइजरको पदमा रही कोशी, मेची–सगरमाथा तिनै अञ्चलको प्रमुख भई विस्तारित खोप आयोजनाको सफल सञ्चालन । २०३४ सालमा श्री ५ को सरकारबाट राष्ट्रिय सभा गृहमा विफर उन्मुलन कार्यमा प्रशंसनीय कार्य गरे वापत प्रशंसा पत्रसहित सम्मान । २०४२ सालमा सेवाबाट स्वेछिक अवकाश ।)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: