लागू औषध ओसारपसार विरुद्ध बक्तृत्वकला प्रतियोगिता

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बनेपा । अन्तर्राष्ट्रिय लागू औषध ओसारपसार विरुद्धको दिवस मनाउने क्रममा सिफ नेपालको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा असार ८ गते अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । ‘कुलत दुव्र्यसनमुक्त समाज निर्माणमा लागि युवाको भूमिका’ विषयक सो प्रतियोगितामा विभिन्न विद्यालयका ४० जना प्रतियोगिको सहभागीता रहेको थियो । सिफ नेपालका अध्यक्ष समुन्द्रलाल श्रेष्ठको अध्यक्षतामा र युवा सुचना केन्द्र काभ्रेका कार्यालय सचिव अविकेशर कटेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा इन्द्रेश्वर उमावि पनौतीका दिपेश घिसिङ्ग  प्रथम, आजाद उमावि बनेपाका सागर घिमिरे द्वितीय, इन्द्रेश्वर  उमावि पनौतीका अमर तितुङ्ग तृतीय र चण्डेश्वरी उमाबिका मुना गौतमले  सान्त्वना स्थान हासिल गरेका थिए । रवि खड्का, सिद्धिबहादुर कर्माचार्य र योजना श्रेष्ठले निर्णायक रहेको कार्यक्रममा सिफका का. सचिव बलराम अधिकारीले संस्थाले दुव्र्यसनमुक्त समाज निर्माणका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिएका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: