लागूपदार्थ विरुद्ध जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

बनेपा । विश्वमा लागूपदार्थ दुव्र्यसनीहरुको संख्या  बृद्धि भइरहेका बेला लागू पदार्थ विरुद्ध काभ्रे जेसीजले गत शुक्रबार र शनिबार नवकीरण पुर्नस्थापना केन्द्र, बाँकेको प्रविधिक सहयोगमा जनचेतनामूलक वृत्तचित्रको खुला प्रदर्शनी गरेको छ । देश विकासमा लाग्नुपर्ने युवाहरु लागू पदार्थ सेवन गर्ने कुलतमा फसिरहेका बेला यस्ता कार्यक्रमले केहि हदसम्म लागू पदार्थ विरुद्ध जनचेतना फैलाउन सहयोग गर्ने कार्यक्रमका सभापति जेसी गणेशकुमार रंजितले बताउनु भयो । युवा केन्द्रीत संस्था जेसीजले युवाहरुलाई लक्षित गरी विभिन्न तालिम, जनचेतनामूलक कार्यक्रमहरु गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने काभ्रे जेसिसका अध्यक्ष रंजितले उल्लेख गर्नुभयो ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक धनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्यले यस्ता जनचेतनामूलक कार्यक्रमहरु उच्च मावि र क्याम्पसहरुमा पनि संचालन गर्न सके अझ बढी प्रभावकारी हुनेमा जोड दिनुभयो । उक्त कार्यक्रममा रेडियो एबिसी र काभ्रे टाइम्स मिडिया पार्टनर रहेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: