रोट्याक्टको पदस्थापन

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

रोट्याक्ट क्लब धुलिखेलको तेस्रो पदस्थापन तथा इन्ट्रयाक्ट क्लब धुलिखेलको पहिलो पदस्थापना शनिबार धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा रोट्याक्ट क्लबका अध्यक्ष केशव श्रेष्ठले नवनिर्वाचित अध्यक्ष राजन योगललाई पिन, घन्टी र व्याच हस्तान्तरण गर्नुभएको थियो भने इन्ट्रायाक्टका अध्यक्ष प्रताप लामाले नवनिर्वाचित अध्यक्ष दिवाकर श्रेष्ठलाई ब्याच हस्तान्तरण गर्नुभएको थियो । १८ वर्षदेखि ३० वर्षसम्मका युवायुवतीको समूह रहेको उक्त क्लबको कार्यक्रममा रोटरी क्लब धुलिखेलकी अध्यक्ष रश्मी श्रेष्ठ, रेडियो एबीसीका स्टेशन म्यानेजर आरएल श्रमजीवी लगायत विभिन्न तहका रोट्याक्टहरुको उपस्थिति रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: