रोटरी क्लब बनेपालाई सम्मान

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

रोटरी क्लब अफ काभ्रे बनेपाले सन् २०११–२०१२ मा १८ जना नयाँ सदस्य भित्र्याएको भन्दै रोटरी इन्टरनेशनलका तर्फबाट अध्यक्ष कल्याण वनर्जीले सो क्लबलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ । एक समारोहका बीच प्रदान गरिएको उक्त प्रशंसापत्र सो क्लबका निवर्तमान अध्यक्ष मानकाजी प्रधानले ग्रहण गर्नुभयो । रोटरी अभियानको जीवन्तताका लागि उक्त कार्य चर्चायोग्य रहेको उल्लेख गर्दै नयाँ सदस्यहरुलाई बधाई ज्ञापन पनि गरिएको छ । रोटरी बनेपाले तिमाल क्षेत्रमा महत्वाकांक्षी खानेपानी आयोजना संचालन गरिरहेको छ ।
यसैबीच रोटरी क्लब अफ काभ्रे बनेपा र धुलिखेलको सहयोगमा आइतबार ग्लोबल पिस एशोसियसन नेपालले काभ्रेका तीन नपा क्षेत्रका खोलाहरुबारे एक छलफल कार्यक्रमको आयोजना ग¥यो । बनेपा, धुलिखेल र पनौतीका सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा एशोसियसनका सचिव विन्दुराज अधिकारीले भित्री चाहना भएमा हाम्रा वरपरका खोलाहरुको सरसफाई गरी प्रदूषणमुक्त गर्न हामी आफै सक्षम रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा रोटरियन अशोक श्रेष्ठ र राजु सरकारले वातावरण र नदीनालाको अवस्था चिन्ताजनक रहेकोले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: