रोटरीले गरिदियो कमलाको उपचार

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

Kamala

 

रोटरी क्लब धुलिखेल तथा सामुदायिक विकास तथा उद्धार नियोगको विशेष सहयोग तथा स्थानीय र रीडी राम्दी पाल्पाली समाज, रोटरी क्लब तानसेन पाल्पा, बुटवल, दाङ्ग, र तुल्सीपुर सिटीको स्थानीय संयोजकत्वमा १२ दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविर अन्तर्गत पाल्पाको अर्गलीमा १३७२, रुपन्देहीको रानीबगियामा ७६६, कपिलवस्तुको अनरथामा ७१२, दाङ्गको नारायणपुरमा १४२७ र तुल्सीपुरको धनौरी काशीपुरमा १५५६ लाई निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा महिलाहरुको आङ्ग खस्ने, पाठेघरको समस्या, प्रजनन स्वास्थ्य, आँखा परीक्षण, दन्तरोगको उपचार, सामान्य स्वास्थ्य उपचार लगायत स्वास्थ्य शिक्षा तथा औषधिहरु निशुल्क बितरण गरिएको थियो । स्वास्थ्य समस्या भएका बिरामीहरुलाई धुलिखेल अस्पतालमा डा. बलराम मल्ल, डा. अन्जना श्रेष्ठ र रेयुकाई आँखा अस्पताल बनेपामा डा. सगुन जोशीको निगरानीमा उपचारको लागि तथा बिशेषज्ञ सल्लाह र थप उपचारको लागि पहल भइरहेको छ । शिविरमै दाङ घोराहीकी १४ वर्षीय कमला श्रेष्ठको शल्यक्रिया गरेको थियो । विगत ७ महिनादेखि पेटमा मासु बढेकी श्रेष्ठको पेटबाट १.५ केजीको मासुको डल्लामा पानी र रौका टुक्रा निकालिएको थियो ।
उक्त शिविरमा धुलिखेल अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. चन्दन उपाध्याय, डा. विनम सापकोटा, इशानका डा. सुरज रिजाल, डा. संजय शाह, नेपाल मेडिकल कलेजको डा. रेजिन उदय लगायत १४ जना स्वास्थ्य टोलीको सकृय सहभागिता रहेको थियो र जन स्वास्थ्य कार्यालयले स्थानीय महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई पनि शिबीरमा परिचालन गरिएको थियो ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: