रोटरीद्वारा पाल्पामा स्वास्थ्य शिविर

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

रोटरी क्लब धुलिखेल तथा सामुदायिक विकास तथा उद्धार नियोगको विशेष सहयोग र रीडी राम्दी पाल्पाली समाजको स्थानीय संयोजकत्वमा पाल्पाको अर्गलीमा दुइदिने बृहत स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा महिलाहरुको आङ्ग खस्ने, पाठेघरको समस्या, प्रजनन स्वास्थ्य, आँखा परीक्षण, दन्तरोगको उपचार, सामान्य स्वास्थ्य उपचार लगायत स्वास्थ्य शिक्षा तथा औषधिहरु निशुल्क वितरण गरिएको थियो । शिविरबाट १ हजार २ सय ९१ बिरामीहरुले सेवा पाएका थिए । शिविरको पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले गर्नुभएको थियो । बृहत स्वास्थ्य शिविर रुपन्देही, कपिलवस्तु र दाड जिल्लामा असार २७ गते सम्म संचालन गरिनेछ । धुलिखेल अस्पतालका बरिष्ठ दन्त चिकित्सक डा. चन्दन उपाध्याय र डा. विनम सापकोटा लगायत दन्य ४ जना चिकित्सक र १४ जना स्वास्थ्य टोलीको सकृय सहभागिता रहेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: