रोटरीको १६ औं स्थापना दिवस

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

रोटरी क्लब अफ काभ्रे बनेपाको १६ औँ स्थापना दिवस शुक्रबार भव्य कार्यक्रमका बिच पञ्चकन्या बेन्क्वीट बनेपामा सम्पन्न भएको छ । रोटरीका पुर्व डिस्ट्रिक गभर्नर रत्नमान शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोटरीयन डा. प्रकाशराज रेग्मीलाई स्वास्थ्यमा योगदान पु¥याएबापत अभिनन्दन गरिएको थियो । रोटरीयन सुन्दर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नव आगन्तुक ८ जनालाई रोटरी क्लब अफ काभ्रे बनेपाको सदस्यता प्र्रदान गरिएको थियो । रोटरी क्लब अफ काभ्रे बनेपाका पुर्व अध्यक्ष हिरा शर्मा नेपालले सञ्चालन गर्नुभएको कार्यक्रम शाखा अध्यक्ष नरेश प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: