रोटरीका नयाँ सदस्यहरुको पदस्थापन

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

बनेपा । रोटरी क्लब अप काभ्रे बनेपाको आयोजनामा शनिबार नयाँ सदस्यहरुको पदस्थापन कार्यक्रम बनेपा भिलेज रिसोर्टमा सम्पन्न भयो । रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर वासुदेव गोल्यानको प्रमुख आतिथ्य र सहायक गभर्नर कीर्तिनाथ मास्केको विशिष्ट आतिथ्यमा सम्पन्न पदस्थापन कार्यक्रममा ९ जना रोटरीयनहरुको पदस्थापन गरियो भने बाँकी ६ जनाको निकट भविष्यमै पदस्थापन हुने कुरा क्लबका अध्यक्ष मानकाजी प्रधानले बताउनुभयो । कार्यक्रममा नयाँ सदस्यको परिचय रोटरीयन मिलन गुरुङले गराउनुभएको थियो भने सभा संचालन र अध्यक्षतामा मानकाजी प्रधानले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र धुलिखेल रोटरी क्लबका अध्यक्ष अशोक श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: