राष्ट्रिय सीप प्रमाण–पत्र वितरण

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । नेपाल सरकार, एशियाली विकास वैंकको ऋण अनुदान सहयोगमा, रोजगारीका लागि सीप परियोजना अन्तर्गत नेशनल इम्प्लाइमेन्ट ट्रेनिङ्ग सेन्टर प्रालिद्वारा संचालित निःशुल्क ३ महिने बेकरी, वेटर र इण्डियन कूक तालिमका १०५ जनालाई प्रशिक्षार्थीहरुलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईले व्यवसायिक सीप प्रमाणिका प्रमाण पत्र वितरण गर्नुभयो । गुरागाईंले व्याप्त बेरोजगारीलाई न्यूनीकरण गर्दै युवाहरुलाई स्वरोजगारको अवस्था सृजना गर्न र सानो पूँजीले पनि व्यवसाय संचालन गरी स्वावलम्वन तुल्याउने यस्ता तालीम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बनेपा नपाका कार्यकारी अधिकृत सुरथ पोख्रेल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, दलित संघका जिल्ला अध्यक्ष रामचन्द्र रम्तेल, राष्ट्रिय सहकारी बैंक काभ्रेका म्यानेजर उपेन्द्र दाहाल लगायतले बोल्नुभएको थियो । तालिम संयोजक अर्जुनप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको संचालन तालिम अधिकृत कुमार दाहाल गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: