राष्ट्रिय बाल दिवसको दिन निःशुल्क आँखा शिविर

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

                धुलिखेल÷राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २९ गतेको दिन निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

                काभ्रे जिल्ला बाल कल्याण समिति तथा बाल संगठन काभ्रेको आयोजनामा हुने बाल दिवसको अवसरमा भाद्र २७ गते काभ्रे जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उपप्रमुख र जनप्रतिनिधिहरुलाई बाल संरक्षण र बाल अधिकारमा आधारित रहेर योजना तर्जुमा एकदिने अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

                नेपाल बाल संगठन काभ्रेका सभापति रामकुमार मुल्मीको अध्यक्षतामा बाल दिवस मनाउने मुल समारोह समिति गठन भएको जनाएको छ । बाल दिवसकै दिन विहान १० बजेदेखि बालमन्दिरबाट प्रभातफेरी गरिने भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: