राष्ट्रपति हुने महात्वाकांक्षाले संविधान आउन गाह्रो भो

प्रकाशित मिती : शनिबार, जेष्ठ २०, २०६९ by   ·   Comments

फणीन्द्र शर्मा

चार वर्ष अघि काँग्रेस, एमालेका नेता कार्यकर्ताहरुले आफूलार्ई भित्ते राष्ट्रपति भनेकोमा साह्रै चित्त दुखेको छ एनेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई । त्यसैले उनी यो देशमा जसरी पनि राष्ट्रपति हुन आफ्नो साह्रा शक्ति लगाउँदै छन् । त्यसैले त राज्यको शासकीय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री बनाउने सहमति गराउन प्रचण्ड सफल भएका छन् । प्रचण्डले सहमति गराएको एक साता नै नबित्दै जनजातिलाई उचालेर दलहरुबीच भएको ११ प्रदेश बनाउने सहमतिलाई भाँड्ने काम गरेको आरोप काँग्रेस, एमालेले लगाएका छन् ।

काँग्रेस र एमालेका अनुसार प्रचण्डको दोहोरो चरित्रका कारण जारी शान्तिप्रक्रिया र संविधान निर्माणको वर्तमान अवस्था अन्यौलतामा छाएको छ । प्रचण्ड भने यतिबेला आफ्ना गुरु एवं पार्टीका बेग्लै खेमाको नेतृत्व गरेका मोहन वैद्य किरणलाई फकाउन थालेका छन् । ‘पार्टीलाई जसरी फनि फुट्न दिन हुन्न, म राष्ट्रपति भएपछि पार्टी अध्यक्ष तपाईं नै हो । तपाईं नेत्रविक्रम चन्दको उफ्राईमा नपर्नुहोस् । अब यो मुलुकमा एक वर्षभित्र चुनाव हुन्छ । त्यो चुनावमा सारा जातजातिहरु हाम्रा पक्षमा हुनेछन् । एमाले, काँग्रेसहरुको पत्तासाफ हुनेछ । हामी नै शक्तिशाली हुनेछौं । त्यसैले पार्टी बचाउने जिम्मा तपाईंको हातमा छ । बाबुराम कामरेडको कुनै भर छैन’ भनेर फकाएपछि मोहन वैद्य किरण बा पनि मख्ख भएको कुरा हाम्रो समाचार सूत्रले बताएको छ ।

माओवादी पार्टीभित्रको अन्तरकलह भित्रभित्रै भए पनि बाहिरी सतहमा छैन । एमाले काँग्रेसलाई जनजातिले छोडेका छन् । मधेशी जनजातिहरु प्रचण्डको ललीपपमा मख्ख छन् । प्रचण्डले जे भन्यो त्यही पाउने कुरामा उनीहरु ढुक्क छन् । त्यसैले त जनजातिहरु ढुक्कका साथ गाना बजानाका साथ प्रचण्ड निवासमा हाजिर हुन्छन् । भारतले आफ्नो कुरा नमानेमा प्रचण्डको यू टर्न चीन हाम्रा पूर्वराजा ज्ञानेन्द्रसँग मिल्नेछ । सेनालाई प्रयोग गर्दै प्रचण्ड संघीयता खारेज गर्दै आफू आजीवन प्रधानमन्त्री बन्न राजतन्त्रलाई पुनस्थापित गर्ने खतरा पनि ज्यूँका त्यूँ भएको कुरा लोकतन्त्रवादी प्राध्यापक लोकराज बराल यो पंक्तिकारसँग बताउँछन् ।

अर्कातर्फ प्रचण्डले भारतलाई पनि आफ्नो बसमा राखेको बताइन्छ । बाबुराम भट्टराईबाट अत्यन्त त्रसित प्रचण्डले भारतीय राजदूत जयन्तप्रसादमार्फत् भारतसँग झन् राम्रो सम्बन्ध बनाएको बताइन्छ ।  अहिले दलहरुलाई मनाएर जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएपछि कार्यकारी अधिकारका लागि भारतसँग सम्झौता गरेर आजीवन राष्ट्रपति बन्ने र देशमा पूरै प्रचण्डपथ लागू गर्ने प्रचण्डको गुरुयोजना बारेमा एमाले र काँग्रेसले यो कुरा बुझेर पनि निरीह बनेका छन् । कठै एमाले, काँग्रेसहरु ।

यसैबीच माओवादी अध्यक्ष प्रचण्डले एकल जातीय पहिचानका आधारमा १० प्रदेश कायम गर्नु बाहेक अर्को कुनै पनि बिकल्पमा सहमति हुन नसक्ने बताएका छन् । नयाँ वानेश्वरस्थित विषेश समितिको सचिवालयमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले बहुपहिचानका आधारमा ११ प्रदेश बनाउने सहमतिबाट पछि हट्दै एकल जातीय पहिचानका आधारमा १० प्रदेश बनाउने प्रस्ताव गरेका हुन् । आफ्नो प्रस्ताव नमाने बहुमतीय प्रकृयामा गएर दुईतिहाईबाट भएपनि संबिधान पारित गर्न माओवादीले चेतावनी दिएको छ । ‘मधेसी र जनजातिले पनि मानेनन, मेरै पार्टीका साथीहरुलाई मनाउन सकिन, त्यसैले अब १० प्रदेशमा सहमति गरेर टुंगाउँ’ भन्दै प्रचण्डले ११ प्रदेश मान्न नसकिने प्रस्ताव गर्नुभएको वैठकमा सहभागी एक नेताले बताए ।

1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: