रारा रुरुको यात्रा स्मरण

प्रकाशित मिती : बुधबार, पुस ५, २०७४ by   ·   Comments

 

तुयुकाजी ताम्राकार

दुइवर्ष अघि नै दिदि रुरुकहाँ पुगेर फर्केका थियौँ । रुरु राम्री र रमाइलो थिई । हामी पनि त्यहाँ पुग्दा रमाएका थियौँ, खुसी भएका थियौँ । यसपाली भाई रारा कहाँ पुग्ने साइत जु¥यो । मलाई लाग्छ उनीहरु दिदीभाइ हुनुपर्छ । त्यसो नभएको भए उनीहरुको नाम रुरु हुने थिएन ।

वास्तवमा मलाई रारा जाने रुचि र रहर थिएन । टोलका मिलनसार साथीभाईहरु जाने भएकोले मनमा खसखस उठेको चैँ थियो । मेरो जीवनसाथिले जाने मनसुवा देखाएकोले साथ दिँदा रारा पुग्ने सौभाग्य मिल्यो भन्ठाने । यात्रामा केही बोक्नु पर्दैन खाली आफुले खानुपर्ने औषधी र एकजोर न्यानो लुगा मात्र बोके पुग्छ भनेता पनि कतिपयले कुम्लो नै बोकेका थिए । जे होस हाम्रो यात्राको सुरुवात रमाइलो तिहार लगत्तै कार्तिक ८ गते बिहानै त्यसतर्फ हिड्यौँ । बिहान सामान्य चिया नास्ता गरेकै थियौँ । दिउसो  पृथ्वी राजमार्गको अलि फराकिलो ठाउँमा खाना पकायौँ । दाल, चामल, तरकारी, तेल, मसला, मिनरल वाटर सबै कुराको राम्रो व्यवस्थापन गरेको रहेछ । दुइजना कुशल कुकहरुले एक घण्टामै सबै खानेकुराहरु तयार गरे । भोजन साह्रै मिठो भयो । त्यो दिन बुटवलभन्दा अघि बढ्न सकेनौ किनकी मुगलिङ्ग नारायणघाट सडकखण्डको निर्माण कार्य समाप्त भएको रहेनछ । जामले ढिला भइहाल्यो । बुटवल साह्रै व्यस्त, ठुलो बस्ती र आधुनिकताले भरिपुर्ण बजारले गुल्जारी सकेको रहेछ । म बुटवलमा पहिलो पटक २०३६ सालमा पुग्दाका सबै वातावरण र दृष्यहरु समाप्त भइसकेको रहेछ ।

भोलिपल्ट जतिसुकै बस दौडाएपनि सुर्खेत भन्दा अगाडी पुग्न सकेनौ । त्यहाँ पुग्दा साँझ ढल्केर अध्याँरो छाइसकेका थिए । सुर्खेतको सदरमुकाम विरेन्द्रनगरको शिर्षस्थान लजमा बस्यौँ । वास्तवमा मैले सोचेको भन्दा फरक रहेछ सुर्खेत । काठमाडौँ उपत्यका झैँ एउटा ठुलो उपत्यका रहेछ सुर्खेत । सम्म परेको विशाल फाँट अन्नको भण्डार पुरानो बजार बस्ती रहेछ । सडक सञ्जालले जोडिसकेको ठुलठुला सिमेन्टेड घरहरु बन्दै आधुनिकताले छोप्दै गरेको ठुलो भविष्य बोकेको सुर्खेत देख्दा जो कोही लेभमा फस्ने ठाउँ रहेछ । सुर्खेतबाट अगाडी बढेपछि भने उकाली, ओराली, घुम्ती र साँघुरो सडक रोमाञ्चकारी लाग्दो रहेछ । जे जस्तो भएपनि हाम्रो लक्ष्य भनेको रारा नै थियो ।

१० गते उठर हिडेका हामी बेलुकीपख बल्ल कालिकोटको मान्म बजार पुगेर होटल चन्द्रसुर्यमा बास बस्न पुग्यौँ । त्यहाँ चौकोट, भक्तपुर, काठमाडौँबाट रारा जान मोटरसाइकलमा हिडेका यात्राहरुसित भेट भयो । परिचय र गफ भयो । “आहो बाफ रे मलाई त कस्तो डर लाग्यो भने एउटा बसलाई नै साइड नपुग्ने भिरको बाटो तल कर्णाली नदी एकदम पिरै प¥यो ।” तपाइ बाइकमा आउनुभएको किन त्यसरी डराउनु प¥यो मैले सोधेँ । के गर्ने आँखा त्यही पुग्छ खस्ला कि भन्ने विचार उठ्दो रहेछ । मित्रता बढ्यो । कहिले उनीहरु अघि कहिले हामी जुम्लाको भुलभुले भञ्ज्याङमा पुग्दा पनि एउटै ठाउँमा बास भयो । उनीहरु बडो रसिक थिए । बेलुका वास परेको ठाउँमा जमेर खानपिनका साथ झमझमाउने रहेछ । लोभ लाग्दो नै त होइन तर खर्च धेरै लाग्दो होला ।

कालिकोट धेरै टाढा रहेछ । एउटा अग्लो पहाडको नाकैमा रहेछ मान्म बजार । मान्ममा पनि पहाडका चट्टनहरु फेरी आधुनिक घरहरु निर्माण हुदै रहेछ । एकपटक पुग्दा रमाइलो लागेपनि त्यहाँको जनजीवन निकै गाह्रो र कष्टकर होला भन्ने लाग्यो । त्यहि मान्म बजारमा बेलुकी नै एकजना मान्छेसित कुराकानी र गफगाफ भयो । उनी कालिकोटकै धर्मराज बम नामको नेकपा एमाले इलाका कमिटीको सदस्य रहेछ । परिचयले दुवै खुसी भयौँ । निक्कै सज्जन लाग्थे । मोबाइल नम्बर साटासाट गरेका थियौँ । पनौती फर्किसकेपछि सम्पर्क गर्न मन लागेर कल गर्दा एकजना महिला बोले । विचरा धर्मराज बम त हातखुट्टा नचल्ने र बोल्नै नसक्ने रोग लागेर उपचार गर्न कता लगेको छ भनेर थाहा पाउँदा दिक्क लाग्यो । मान्छेको जीवन क्षणभरमै के के हुदो रहेछ ।

हामी जुम्लाको भुलभुले भञ्ज्याङमा पुग्दा रात त के भनौ निकै अध्यारो भइसकेको थियो । भञ्ज्याङमा ३–४ वटा मात्र घरहरु थिए । शायद ति सबै लज नै थिए । हामी पुगेको लजमा त्यतिखेरसम्म बास बस्ने कोही पनि थिएन रहेछ । हामी पुग्दा खुसी हँुदै तिमीहरु सबैजना वस एक हजार मात्र देउ भनेको रहेछ । वास्तवमा लज नै भनेर साइनबोर्ड झुण्ड्याए तापनि त्यो घर गोठ जस्तो मात्र रहेछ । झ्याल ढोका नभएको भट्टाजस्तो लाग्ने घरमा अरुलाई के भयो कुन्नी मलाई चै रातभरी निद्रा लाग्दै लागेन । भोलिपल्ट बिहान लज भाडा भने बमोजिमको एक हजार दिन खोज्दा तीन हजार लाग्छ भन्दै ठुलठुलो स्वरले कराए । साहुले बिहानै बेस्सरी रक्सी धोकिसकेको रहेछ । झगडा गर्नुभन्दा दुइहजार दिएर मनायौँ ।

हामी जुम्ला पुग्नुभन्दा अगावै दैलेख जिल्लाको एक ठाउँमा एउटा सानो खोल्सा तरी उकालो चढ्नुपथ्र्यो । बाटोमा ठुलठुला ढुङ्गा र उवडखावड खाल्टा भएकोले बस उक्लिन सकेन स्लिप खायो । हामी ओर्लेर ढुङ्गा ओछ्याए सम्याउदा समेत तीनचार पटकको प्रयासले मात्र उकालो पार भयो । हामी त्यहाँ अड्कीरहेको बेला बाटो साँघुरो भएकोले साइड नपुगेर रोक्नुपरेको गाडीका यात्री र चालकहरु पनि निस्केर रमिता हेरेका थिए । त्यही बेला रारा पुगेर फर्केका एकजना भद्र देखिने केटाले सुनाउँदै थिए । ‘म के ग्रहदशा बिग्रेर रारा आएछु । जीन्दगीमा जतिसुकै पैसा दिएपनि यहाँ फर्किदैन’ ड्राइभर रहेछु । तपाईहरु यत्रो बसमा आउनुभएछ खै कसरी पुगिएला हामीलाई निकै हतोत्साहि र निराश बनाए डराइदिए । जे सुकै अवस्थामा पनि हामीलाई रारा त पुग्नु नै थियो । हाम्रा दुइजना अत्यन्त कुशल चालकहरु गौतम पसछेँ र नरेन्द्र हल्वाइको हँकाइले बाधा अड्चन तोड्दै रारा पु¥याइ छाड्यो । एकठाउँमा पैह्रो गएकोले बस माथिसम्म पुग्न सकेन । झण्डै दुइ अढाइ घण्टा पैदल हिडेर जानुप¥यो ।

डाँडा चढेर माथि पुगेपछि ठुलठुला चौरहरु हेर्दै आनन्द लाग्ने पाटन रहेछ । दश पन्ध्र मिनेट हिडेपछि छेउछाउबाट तालको पानी देखियो । अकस्मात शब्द निक्लिन्छ उ रारा अहा क्या राम्रो हाम्रो रारा । नपुग्दा नदेख्दा पुग्ने र देख्ने रहर पुगेपछि हुने उत्सुकता हुने रहेछ । त्यसैले हामी छिटो छिटो हिड्न थाल्यौँ । त्यहिबेला प्रकृतिले हामीलाई अनुपम दृश्यावलोकन र अनुभव गर्ने अवसर प्रदान ग¥यो । हामी तालतर्फ गइरहँदा छेउको अग्लो पहाडमा पानी परेको झैँ देखिदै थियो । हामी गएतिर आकाश एकदम सफा थियो । स्थानीय एकजनालाई सोधेँ त्यतातिर पानी परे जस्तो छ हो ? उनले भने हो । अहिले यहाँ पानी परे के गर्नुहुन्छ ? भए छाता ओढ्ने नभए रुखको ओत लाग्ने हो अरु कुनै विकल्प छैन । लौ फसाद नभन्दै पानी छिट्याउन थाल्यो । चारैतिर जङ्गलै थियो हामी रुखको ओतमै रह्यो । पानी पर्न रोकियो अब भने हिउँ बर्सन थाले । हिउँले भिज्दैन भन्दै हामी ताल तर्फ बढ्यौँ । हाम्रा जीउहरु चिनी जस्तै मसिनो हिउँले सिङ्गारिए । रमाइ रमाइ तालमा पुग्यौँ । हिउँ पर्न छोड्यो । एकै क्षणमै घाम पो लागे । अनुपम र अवर्णनीय दृश्यले हामीलाई गडगड बनाए ।

तालको किनारामा सबैजना रमाए, नाचे, फोटाहरु मनलाग्दो खिँचे, घोडा चढे, बुढीहरु पुजा गर्न लागे, त्यहिँ बसेर खाजा खाए । साच्चै नै महादेवले राजहंसको रुप लिएर जलविहार गरे झैँ त्यहाँ थुप्रै उड्ने हाँसहरु जलक्रिडामा मस्त देखिन्थे । रारा त्यो अनुपम ठाउँ हो जुन स्वर्ग कै एक हिस्सा हुनुपर्छ । त्यहाँ पुग्दा नरमाउने कोही हुदैनन् । त्यस्तो अनुपम स्वर्गझै आनन्ददायक ठाउँमा पुगेर एकरात बिताउने हाम्रो योजना थियो । तर भताभुङ्ग भयो हामी बसेनौ । होटलमा बुकिङ्ग गरिसकेका कोठाहरु रद्द ग¥यौँ । दिउँसो ३ बज्दै थियो मनले नमान्दा नमान्दै हामी फक्र्यौ मनमा लागिरहेको थियो कि हामी फर्कदा छोरी अन्माइसकेपछिको घर जस्तै भएको होला रारा नियास्रिरहेको होला । त्यहाँको जम्मै रमाइलो हामीले ल्यायौँ अब रारामा केही छैन । हामी दुलहीका साथ फर्किरहेका छौँ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: