राप्रपा नेपालको बनेपा नगरको स्थापना

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

बनेपा । मुलुकका ३४ दल मध्ये छुट्टै पहिचान बनाएको अर्थात् हिन्दु राज्य र संवैधानिक राजतन्त्रको पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बनेपा नगरको हिजो सो पार्टीका केन्द्रीय महामन्त्री चन्द्रबहादुर गुरुङले बनेपा नगरका अध्यक्ष सूर्य भ्लोनलाई राप्रपा नेपालको झण्डा दिएर नगर कमिटीको पदस्थापन गर्नुभयो । नगर कमिटी पदस्थापन कार्यक्रमको सभापतित्व समाजसेवी नेपाल सुधार भैलले गर्नुभएको थियो । काभ्रेका चर्चित साहित्यकार मोहन दुवालका एकमात्र पुत्र सचेत दुवाल हिजोदेखि राप्रपा नेपाल बनेपा नगर समितिको उपाध्यक्ष हुनुभएको छ । उहाँका घनिष्ट मित्र बाँसडोलका सोमे केही दिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । राप्रपा नेपाल बनेपाको अन्य पदाधिकारीहरुमा प्रवेश अवाल सचिव, आर्नल जस्पाउ कोषाध्यक्ष र सदस्यहरुमा किशनलाल श्रेष्ठ, प्रशन्न भैल, अशेष जस्पाऊ, सन्दीप श्रेष्ठ, आदेश तौजले, भाइकृष्ण थापा मगर, राजगोपाल कायस्थ, कमल तामाङ रहनुभएको छ । बनेपा नगरबाट मात्र २९ युवाहरु सो पार्टीमा प्रवेश गरेका थिए भने जिल्लाभरबाट ७० युवा युवती र पुराना नेताहरु राप्रपा नेपालमा प्रवेश गरेका थिए । राप्रपा नेपालको काभ्रे जिल्ला पार्टी संगठनले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष रेशमलाल लामाले स्वागत गर्नुभएको थियो । महामन्त्री चन्द्रबहादुर गुरुङ, सह कोषाध्यक्ष तारानाथ लुइँटेल, केन्द्रीय सदस्य दिलविकास राजभण्डारी, सिन्धुलीकी अध्यक्ष विन्दा गिरी, राप्रपा युवा संगठनका महामन्त्री वसन्तविक्रम पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रम समाप्तिपछि साउन १५ को संस्कृतिलाई जोगाउन सहभागी सबैलाई खीर आलु तरकारी खुवाएर विदा गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: