राज्य तथा स्थानीय निकायको पहल

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

 

सम्बन्धित नगरपालिकाले पाँचखाल तथा धादिङ्ग जस्तो तरकारीको पकेट क्षेत्रको उत्पादन पूर्णतः विषादिरहित छ भन्ने आश्वस्तता दिलाउनु प¥यो । जनकपुर तथा तराईका मत्स्य उत्पादन तथा चितवनको पोल्ट्री प्रडक्ट स्वस्थ्य छन् भनेर विश्वसनियता दिनुप¥यो । मुस्ताङ्ग, हुम्ला, जुम्लाका स्याउ तथा सिन्धुलीका जुनार बाह्रैमास बजारमा उपलब्ध हुने व्यवस्था गर्नुप¥यो । उच्च हिमाली लेकका स्थानीय उत्पादन कोदो, फापर, उवा, सिमी, राज्माबाट बन्ने परिकारमा स्वास्थ्यका दृष्टिले विविधीकरण ल्याउनु प¥यो । प्रादेशिक तवरमा समग्रमा क्यान्सर सेवा पाइने संस्थाहरु खोलिनु प¥यो । यसका लागि आवश्यक पर्ने अन्कोसर्जन, अन्कोफिजिसियन, नर्सिङ्ग स्टाफको तालीममा राज्य वा प्रदेशले विशेष पहलकदमी गर्नुप¥यो । नीजि शैक्षिक संस्थाहरुसँग सहकार्य गरी मेडिकल ईक्विपमेन्ट, अन्को सम्बन्धी ज्ञान सीप भएका मध्यमस्तरका जनशक्ति उत्पादनमा पहल गर्नुप¥यो । राज्यबाट पेट स्क्यान, सीटी, एमआरआई, रेडियोथेरापीका ईक्विपमेन्टमा भन्सार सहुलियत दिनुप¥यो । ती सामानहरुमा सहुलियत पाएका स्वास्थ्यसंस्थाबाट उपलब्ध हुने सेवा शुल्कमा सेवाग्रहीलाई निश्चित प्रतिशत मिनाहा हुनुप¥यो । इम्युनोथेरापी, केमो तथा रेडियोथेरापीमा सरकारले आर्थिक सहुलियत दिनुप¥यो । क्यान्सरको जोखिममा रहेका तथा क्यान्सर गराउन सक्ने पेशामा लागेकाहरुलाई अनिवार्य नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्नुप¥यो । जिन थेरापी एवं क्यान्सरका नयाँ अनुसन्धानहरु मात्र नभएर क्यान्सरका लागि निकै उपयोगी नेपालमा पाइने कतिपय जडिबुटीहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश स्तरमै, स्थानीय विशेषले रिसर्च ईन्स्टिच्यूट संचालनमा ल्याउन पहल गर्नुप¥यो । लुक्ला, मनास्लु, घान्द्रुक, रारा जस्तो रमणिय ठाउँमा हस्पिस सेवा, प्यालिएटिभ केयर सेवा प्रदान गर्ने संस्था संचालनमा ल्याई मेडिकल टुरिज्मको पहल थाल्नुप¥यो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: