राजेन्द्र खरेल छात्रवृत्ति प्रदान

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

काभ्रेका राजनीतिज्ञ एवं समाजसेवी राजेन्द्र खरेलको नाममा स्थापित राजेन्द्र खरेल छात्रवृत्ति असार १४ गते ढुंखर्कमा एक भव्य कार्यक्रमका बीच वितरण गरियो । ढुंखर्क आसपासका गाउँबाट एसएलसी उत्तीर्ण सात जना विद्यार्थीहरुलाई जनही ३ हजार २ सय र ८ जना विद्यार्थीलाई जनही ६ हजार ३ सय गरी जम्मा ३४ हजार ५ सय रुपैया वितरण गरिएको छ । कांग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि रहनुभएको कार्यक्रममा १५ जना विद्यार्थीलाई तरुण दलका केन्द्रीय सदस्य महेश खरेल, काभ्रे काँग्रेसका पूर्व सभापति मधु आचार्यले खादा, टिका तथा प्रमाणपत्रका साथ सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि निधिले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन सम्भव नभएकोले काँग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्नको लागि बाटो खुला गर्न सरकारसमक्ष माग गर्नुभएको थियो । युवा नेता मधु आचार्यले शिक्षाको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा काँग्रेस नेताहरु तीर्थ पसखल, तीर्थ लामा, नेविसंघ केन्द्रीय सदस्य भगवान् अधिकारी आदिको उपस्थिति थियो ।
रामहरिले ल्याए ‘खबर’ एल्बम
काभ्रेली गायक रामहरि न्यौपानेले आफ्नो तेस्रो एल्बम खबर सार्वजनिक गर्नुभएको छ । सांगीतिक क्षेत्रमा चर्चित रहनुभएका संगीतकार सुरेश अधिकारी, रचना शैलेन्द्र शरद, राजुबाबु श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, टंक न्यौपाने लगायतका श्रष्टाहरुले बनेपामा शनिबार एकसाथ एल्बमको लोकार्पण गर्नुभएको हो । नेपाली सांगीतिक क्षेत्रमा लागेको एक दशक भन्दा लामो अवधिमा दुइवटा एल्बम बजारमा ल्याउनुभएका गायक न्यौपानेले विभिन्न पाँचवटा भाषामा गीत गाइसक्नुभएको छ । फरक फरक शैलीका गीतहरु गाउन सक्ने प्रतिभा भएका गायक न्यौपाने रेडियो एबीसीको चर्चित कार्यक्रम मनको ढुकढुकीका कार्यक्रम प्रस्तोता समेत हुनुहुन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: