राजनीति गर्नु भनेको साधु बन्नु होइन सत्ता कब्जा गर्नु हो

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

-नरेन्द्रजंग पिटर
माओवादी पार्टी फुट्यो । फुट्नका कारण र परिणामबारे समीक्षा हुँदै जालान् । समग्र माओवादीलाई फुटोस् भनेर उराल्ने, आवेगको हौवा दिने, मनोयुद्ध चर्काउने र आपसमा मारामार् गराएर स्वयम सकिउन् भन्ने एउटा तप्का लामो समयदेखि सक्रिय थियो । अरु पार्टी फुट्नु जस्तो माओवादी फुट्नु हुँदैनथ्यो । फुटको पिडा सम्झँदा तत्कालिन चौथो महाधिवेसनमा सिन्धुली रघुनाथ कोइराला काण्ड, अदालती प्रकरण र ऋषि देवकोटाको हत्या प्रसंग मात्र हैन कमला किनारको निर्जनाको ऐलानी जमिनमा स्वामित्वको झडपमा बासुदेब ठाकुरको हत्यालाई गम्भीर भएर सोच्नुपर्छ । नयाँ माओवादीलाई थाहा नभएपनि त्यसको प्रेत अहिलेको फुटमा पनि मडारिहेको छ । त्यसको प्रभाव अहिलेसम्म रह्यो । सूर्यनाथ यादवको पञ्चायतले हत्या ग¥यो । आरोप प्रत्यारोप लागे । अहिले चौथो महाधिवेसन वा अन्य राजनीतिक पार्टीको जस्तो माओवादी पार्टीको फुट हैन । युद्ध लडेर आएको पार्टी थियो ।
फुट्न हुँदैनथ्यो । लामो दिनदेखि फुटको अभ्यास भइरहेका थिए । अहिले रिवन काटिएको मात्र हो । यो स्वभाविक हो कि अस्वभाविक भनेर इतिहासलाई खोजीनिधि गर्ने र अनुसन्धानको विषय भनेर छोडिदिउँ । अहिले दुवै पक्षले संयमित हुन र एक आपसमा नभिडन प्रेरित गरेको देखिन्छ । यो संयमतालाई कदर गर्दै अझ दुबै पक्ष होसियार हुनु आवश्यक छ । फुटमा आपसमा भिडाएर आफ्नो योजना सफल गराउने दुश्मनको चाल अहिले नै सफल हुन भने सकेन । हरेक फुटमा सबभन्दा ठूलो दुश्मन हिजोका सहयात्री नै हुने गर्छन् भने शक्ति आर्जनलार्ई पनि तर्क र आवेगमा हिजैका सहयोद्धालाई खुइल्याउनु पर्छ । केही फेसबुकहरुमा आवारागर्दी देखिनु बाहेक उत्तेजनाका खेलाडीहरुलाई कसैले पनि महत्व दिएका देखिदैनन् । अझ अध्यक्ष प्रचण्डको पछिल्ला भनाईमा आवेग कम राजनीति, विवेक र दायित्वलाई केन्द्रमा राखेको देखिन्छ ।
हिजोको सिंगो माओवादी आदर्शको लागि आफ्नो कात्रो र घारो आफैले बोकेर गएको र नाफाको जिन्दगी लिएर फर्केको थियो । आफ्ना आस्थाको मुल्य स्वयम्ले भुक्तान गर्ने समूह थियो । युद्धको भट्टीमा आस्थाको परीक्षा दिएको पंक्ति थियो । निजी पूँजी र रक्त नाताको ठाउँमा वर्गीय नातालाई व्यवहारिक रुपमै स्वीकारेको शक्ति थियो । जनयुद्धकालमा समग्रमा नयाँ संस्कृतिको विकास भइरहेको हुन्थ्यो । कुनै पनि आमुल परिवर्तन शुद्धतावादीहरुले मात्रै गर्न सक्दैनन् र बनिसकेको बाटोमा नव निर्माण भइरहेको इतिहासले यात्रा गर्दैैनथ्यो । वीरहरुले चमत्कार, त्याग, समर्पण र आस्थाका लागि सहादत त दिन सक्छन् उनीहरुको बाटो आउँदो समयले पछ्याउँदै नयाँ सपना पनि देख्न सक्छ, त्यसै शक्तिमा आन्दोलनले उर्जा पनि पाउन सक्छ तर समग्र परिवर्तन न त वीर र आर्दशवादीहरुले मात्रै गर्न सक्छन् न त क्रान्ति स्वर कल्पना मात्रै हो । समाजको हरेक वर्ग, पात्र, प्रवृति र चाहनालाई एउटै नारामा आवेग दिएर भूमिकामा उतार्नु भनेको नेतृत्व हो । आमूल परिवर्तनको वाणी र स्वामित्व माओवादीसँग थियो र सत्ता संरचनामै परिवर्तन चाहनेहरु माओवादीमा एकीकृत भए । तर त्यसैसँग विजातिय तत्व पनि ब्याँसो झै घुस्यो । अर्काेपक्ष थियो हरेउ झै आन्दोलनमै विकसित प्रबृति । त्यो वसन्तमा काग कोइली झै छुटिनै पर्दथ्यो । त्यो अहिले कहाँ र कुन आवरणमा छ भनेर न्वारण पनि गरिनहालौँ ।
म अहिले सामाजिक संजाल हेर्छु र पढ्छु । अनेक पात्र र प्रवृतिहरु कसरी आवेग भरेर आदर्श खोक्दैछन् भनेर उनीहरुको जन्मपत्री खोतल्दै छु र उनीहरुको अभिष्ट के होला ? भनेर गम्दैछु । प्रतिकूलताका उनीहरुका भूमिका ड्रेनमा पुरिएका धमिराले खाएका डायरीका पानामा नियाल्दैछु । आन्दोलनमा पात्रकै कुरा नगरौँ प्रवृत्तिको कुरा मात्र गरौँ । अहिलेका कयौँ “क्रान्तिकारीहरु” त्यसबेला रमिते, तमासे बनेका थिए । किनारमा बसेर कोही रमिता हेरेका थिए भने कोही प्रतिकारमा (किलो सेरा टुमा) उभिएका थिए, कोही रणभूमिबाट पुच्छर लुकाएर कुलेलाम ठोकेका समेत थिए । दुश्मनका ट्रेन्चमा गलेर जासुस बनेका थिए । कम्ब्याक्ट लगाएर सहयोद्धालाई पक्राउन सेल्टर–सेल्टर चाहारेका समेत थिए । कोहीले युद्धको मैदानमा कमरेडहरुको लास ढली रहेको बेला पनि रासलिला मनाइरहेका हुन्थे । समाज जस्तो थियो, आन्दोलनमा पनि त्यसका छापहरु पुुग्दथे । आर्थिक भ्रष्ट र पारिवारिक मोहमा पार्टी सम्पत्ति दुरुपयोग गरेर छाउरा–छाउरीको जोहो गरेकाहरु समेत थिए । दोहोरो जीवनशैली नभएको हैन् । तोद पूmलाउने र छाला जोगाउनेहरुको पनि कमी थिएन । विगत कसैको छिपाएर छिप्न नसक्ने विषय हो । तर आन्दोलनको मूलट्रेन भने समग्र परिवर्तनलाई विचारको सानमा परिस्थितिका घुम्ती र मोडलाई छिचोल्दै आफ्ना एजेण्डामा हाँकिरहेको थियो । शान्ति प्रकृयामा आएपछि कतिपय पार्टीभित्र मौलाएको विजातिय संस्कृति, महत्वकांक्षाको पहिचान गर्न र आधारभूत समस्याको व्यवस्थापन गर्न समग्र नेतृत्व उदासिनता भएकै हुन् । उपलब्धीको हिस्सेदारी बन्ने तर कमजोरीको जिम्मेवारी नलिने भनेको बेइमानीपना हो । ठूलो हिस्सामा क्रान्तिकारी संस्कृतिको स्खलन पनि भएकै हो । कटेका सम्बन्ध जोडिदा आफन्त पराई र पराई आफन्त बन्दा भ्रम र आशंका पैदा भएकै हुन् ।
तर, हरेक कम्युनिष्टहरुका सोच्ने र जीवन व्यवहारमा उतार्ने भनेको द्वन्द्ववादी हुनु पहिलो सर्त हुन्थ्योे । राम्रोमा नराम्रो पनि हुन्छ नराम्रोमा राम्रो पनि भनेर बुझिनु पर्दथ्यो । युद्धकालमा युद्धको राप र चापका कारण राजनीतिक संस्कृति भने विकास गर्न सकेको रहेनछ भन्ने कुरा अहिले आएर छर्लंग देखिँदैछ । पूmटपछिको धमिलो पानी क्रमशः सग्लिदै छ । आवेग ठण्डाउँदै छन् । खाली ठाउँ विवेकले लिँदैछ । मान्छेहरु हरेक विषय पछाडि रहेका र भएका कार्य, कारण र परिणाम खोतलिरहेका छन् । यो भएन, त्यो भएन, उसो गरेन, सकियो, भत्कियो, भडखारामा प¥यो भन्न त सजिलो छ तर के गर्नुपर्ने ? कसो गर्नुपर्ने ? कसरी गर्नुपर्ने ? भन्ने कुरा हाम्रो समाज र अहिलेको समयलाई किताबमा लेखिएको हुँदैन । प्रतिकृयाबाट पैदा भएका उत्तेजनाले कुनै नविन कार्यदिशा तय गर्न सक्छ न त इतिहास त्यही प्रकारले दोहरिन पनि सक्छ । अब “क्रान्तिकारी” साथीहरुलाई के गर्ने प्रश्न टड्कारो रुपमा खडा भएको छ । भिन्न देखिन र हुन केही न केही गर्नुपर्छ । छोरा बनेर बाउसँग घुक्र्याउन सजिलो छ स्वयं बाउ बनेर छोराको माग गर्नु कठिन कुरा हो । आखिर गर्ने के ? प्रतिकृयाले आवेग पैदा गर्न सकिन्छ तर नीति, कार्यक्रम र मित्र र विमित्र छुट्याउन सक्दैन । परिस्थिति आपूmले सोचे झै हाँकिदैन । विचारलाई कलामय तरिकाले जनआवेग पैदा गर्दै डो¥याउनु नेतृत्व हो । त्यो आक्रोस र आवेगले मात्र दिँदैन ।
जे भएपनि लडाईको चुरो भनेको सत्तासँग छ । सत्ताको संरचना फेर्नेसँग छ । सत्ता सबै कुरा सहन सक्छ तर आधारभूत रुपमै फेरिने सोचसम्म सोच्न सक्दैन । तब आमूल परिवर्तनवादीहरुको अन्तरनिहित महत्वकांक्षा जागृत गराएर विभाजित गर्न चाहन्छ । आपसमा भिडाएर यदुवंशी बनाउन चाहन्छ । शक्तिको टुट–पूmट गराएर फेरि रमिता देखाउन चाहन्छ । खलनायकहरु भने पुराना पाप पखाल्न र भगौडाहरु बहादुर कहलिन आदर्श खोख्न थाल्छन् । राम्रा मान्छेहरु भने प्राविधिक त्रुटी, उदासिनतालाई देखेर निराश बन्दै उत्तेजित हुन सक्छन् । यि सबैलाई एकै ठाउँमा थेग्य्राएर उग्र महत्वकांक्षा उद्देश्य पूर्ति गर्न तम्सन्छ । फेरि पनि सवाल सत्ताको नै हो । अरु तपसिलका कुरा हुन् । हिमांसु लेख्छन् ः सत्ताको अर्थ एउटा मान्छेले अर्काे मान्छेबारे निर्णय लिने हक हो । यदि तपाई पुरुष हुनुहुन्छ भने तपाई सत्ताधारी हुनुहुन्छ ! र तपाई सामु आईमाई सत्ताहीन छ ! तपाई शहरमा हुनुहुन्छ भने तपाईका लागी गाउँले सत्ताहीन हुन् ! तपाईले केही पढ्नु भएको छ भने तपाईं सत्ताधारी ! र अनपढ सत्ताहीन ! तपाई व्यापारी हुनुहुन्छ भने किसान सत्ताहीन ! उसको उपजको भाउ तपाई नै तोक्नु हुन्छ । तपाई खररर अगं्रेजी जान्नु हुन्छ भने तपाई सत्तावान ! र अंग्रेजी नजान्ने सत्ताहीन ! तपाई गोरे हुनुहुन्छ भने तपाई सत्तावान ! तपाई सामुन्ने काले निग्रोहरु सत्ताहीन ! तपाई “उचो” जातिको हुनुहुन्छ भने तपाई सत्ताधारी ! तपाईसामु दलितहरु सत्ताहीन ! तपाई हतियारधारी हुनुहुन्छ भने तपाई सत्तावान र निहत्ताहरु सत्ताहीन ! तपाई धनी हुनुहुन्छ भने तपाई सत्ताधारी ! तपाई सामने गरिवहरु सत्ताहीन !
क्रान्तिको अर्थ हो – “एउटा यस्तो संसारको निर्माणको कोशिस गर्नु हो जहाँ सबै प्रकारका सत्ताहरुका केन्द्र भत्किाउने” । बर्चश्वशालीहरुको संस्कृति माथ नै प्रहार र नयाँ निर्माण । वर्चस्वशाली तप्का कुनै न कुनै तरिकाले आफ्नो बर्चस्व कायम गर्न जे पनि गर्न सक्छ । ऊ हरेउ बनेर आन्दोलनमा छिर्न सक्छ । ब्यासो बनेर आन्द्राभुडी थुत्न सक्छ । आवेग भरेर विवेक गुमाउँदै आपसमै परिवर्तनकारीलाई भिडाउँन सक्छ । धुन्दुकारी र यदुवंशी बनाउन सक्छ । लालसा बढाएर मुल ध्ययबाट कटाइदिन सक्छ ।
सबै कुरा होस् सत्तामाथी आधारभूत वर्गको नजर नगढोस् भनेर सत्ताधारी चाहन्छन् जब परिवर्तनको बेग रोक्ने क्षमता गुमाउँछन् अनेक तर्क उराल्दै तोडफोड मचाउँछन् माओवादी फुट पछाडि निमित्त कारण जे देखिए पनि मूल कारण सत्ताको प्रश्न नै हो । माओवादीमा फुटमा पनि देखिएको सकारात्मक पक्ष भनेको दुश्मनले आपसमा प्रतक्ष भिडन्त गराउने उसको नियत भने दुवैपक्षका नेतृत्वले देखाएको संयमता र अर्काे निर्जना नदोहो¥याउनु नै हो । अब भने कहाँ चुक्यौ भनेर निर्मम तरिकाले आफैलाई समीक्षा गर्नु समयको आवश्यकता हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: