रञ्जना व्यापार संघमा पुनः टेकबहादुरको नेतृत्व

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-२०

गोविन्दप्रसाद मैनाली÷काठमाडौं

                रञ्जना व्यापार संघ काठमाडौंको दोश्रो महाधिवेशन तथा तेश्रो वार्षिक साधारण सभा वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा शनिबार रञ्जना टे«ड सेन्टर काठमाडौंमा सम्पन्न भयो ।

                कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको हक हितको लागि स्पष्ट नीति सरकारले बनाउने बताउँदै व्यवसायीहरुले आम नागरिकहरुलाई गुणस्तरीय सामाग्री उपलब्ध गराई सेवा दिनुपर्ने धारणा राख्नुभयो । मन्त्री विश्वकर्माले चाइनाबाट देशमा सामाग्री आयात गर्न व्यवसायीलाई असहज भएकाले सहजता ल्याउन केरुङ नाका र तातोपानी नाकाबाट सामाग्री आयात गर्न थप व्यवस्थित गर्नतिर सरकार लागिपरेको बताउनुभयो ।

                कार्यक्रममा करदाता सेवा कार्यालय न्यूरोडका प्रमुख मुक्ति आचार्य, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष निरज राई, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल, राष्ट्रिय व्यापार संघका अध्यक्ष युवराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका महासचिव रामकुमार तिमल्सिनाले धन्यवाद दिनुभएको थियो ।

                कार्यक्रममा कोषाध्यक्ष अक्रम शेखले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त साधारण सभामा टेकबहादुर शाक्य अञ्जनको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा होमनाथ गिरी, विनयकुमार अग्रवाल र शशीभूमि श्रेष्ठ, धिरज श्रेष्ठ, महासचिवमा रामकुमार तिमल्सिना, सचिवमा विना श्रेष्ठ र सुरज खरेल, सह सचिवमा नरेन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा अक्रम शेख, सह कोषाध्यक्षमा अरुणकुमार सरावगी र सदस्यहरुमा पूर्णबहादुर कार्की, मुरारी तिमल्सिना, कल्पना श्रेष्ठ, सन्तोष अधिकारी, दिपेन्द्र क्षेत्री, विशाल गौतम र टिकादत्त लुईटेल निर्वाचित हुनुभएको छ ।

                उक्त साधारण सभा रञ्जना व्यापार संघका अध्यक्ष टेकबहादजुर शाक्य (अन्जन)को सभापतित्वमा सम्पन्न भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: